आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एलिनाको बचाउमा लोक तथा दोहोरी प्रतिष्ठान

आइतबार, २७ फागुन २०८०, २० : ११
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गायिका एलिना चौहान उपस्थित हुने कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने साउन्ड सिस्टम व्यवसायीहरूको विज्ञप्ति प्रति गम्भीर आपत्ति जनाएको छ ।  यो स्तरको अव्यवहारिक र असहिष्णु अभिव्यक्ति तुरुन्त सच्याई कलाकार र साउन्ड सिस्टम व्यवसायीको परिपूरक सम्बन्धलाई स्वच्छ राख्ने वातावरण सिर्जना गर्न प्रतिष्ठानले आग्रह गरेको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी आजीवन सदस्य रहेको गायिका चौहानले गत फाल्गुण २० गते पर्वतमा सम्पन्न मगर महोत्सव - २०८० मा आफ्नो प्रस्तुति राख्ने क्रममा साउन्ड टेक्निसियनसँग विवाद भएको थियो । विवादको विषयलाई लिएर साउन्ड सिस्टम व्यवसायीहरूले जारी गरेको विज्ञप्ति र सो विज्ञप्तिमा उल्लिखित शब्दावलीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ कलाकार र साउन्ड इन्जिनियर, टेक्निसियन बिचको अन्योन्याश्रित सम्बन्धलाई समेत ओझेल पार्ने गरि यति संवेदनशील विषयमा एकपक्षीय रूपमा विज्ञप्ति जारी गरि गायिका एलिना चौहान उपस्थित हुने कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने भन्ने जस्ता गैरजिम्मेवार र बहिस्कारको सोचबाट उद्धत अभिव्यक्ति प्रति हाम्रो घोर आपत्ति छ । यो स्तरको अव्यवहारिक र असहिष्णु अभिव्यक्ति तुरुन्त सच्याई कलाकार र साउन्ड सिस्टम व्यवसायीको परिपूरक सम्बन्धलाई स्वच्छ राख्ने वातावरण सृजना गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौँ ।’

430694454_935979414865346_4047133247971448186_n

गायिका चौहानले अमर्यादित र अभद्र व्यवहार  गरेको भन्दै साउन्ड सिस्टम व्यवसायीले खेद प्रकट गरेका थिए। कुश्मामा आयोजित मगर महोत्सवमा गायिका चौहानले साउन्ड इन्जिनियर र टेक्निसियनमाथि अभद्र व्यवहार गरेको उनीहरूको आरोप छ । 

यता माफी नमागेसम्म साउन्ड सिस्टम उपलब्ध नगराउने व्यवसायीहरूले निर्णय गरेपछि गायिका एलिना चौहानले कमजोरी स्वीकार गर्दै आत्मालोचना गरेकी छन् । आफूले गरेको घटनामा तत्कालीन समयमा आफू आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगेको उनले बताएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप