रामग्राम स्तूपमा एक हजार भिक्षु आउने
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम स्तूपमा एक हजार भिक्षु आउने भएका छन् । जिल्लाको रामग्राम नगरपालिका–७ उजैनीस्थित स्तूपमा आगामी चैत ४ गते भिक्षु आउने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले जानकारी दिए ।
स्तूपमा रहेको बुद्धको अस्ति धातुको पूजा तथा प्रार्थनाका लागि भिक्षु आउने उनको भनाइ छ । उनका अनुसार दिउँसोको पूजापछि साँझ बत्ती बाल्ने कार्यक्रम रहेको छ । विभिन्न देशबाट आउने ती भिक्षुले परासी बजारबाट पैदलयात्रा गर्दै स्तूपसम्म जानेछन् । पैदलयात्राका लागि नरगपालिका सरसफाइ तथा व्यवस्थापनमा जुटेको छ ।
भिक्षुलाई स्तूपको मुख्य गेटबाट फुल विछ्याएर स्वागतसमेत गरिने तयारी भइरहेको नगरप्रमुख यादवले बताए। यति धेरै सङ्ख्यामा भिक्षु आउनु भनेको नगरवासी तथा पालिकाका लागि गौरवको विषय भएको भन्दै उनले सबै सङ्घ–संस्था र स्थानीयलाई स्वागत तथा व्यवस्थापन जुट्न आग्रह गरे ।
कार्यक्रमका लागि नगरपालिकाले बैठक बसेर जिम्मेवारीसमेत तोकेकोे जनाएको छ । स्तूपलाई बत्तीबाट सजावट गरिनेछ । भिक्षुहरुको पूजा सकेपछि लुम्बिनी फर्किने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण