हरेक दिन एकदिनको मन्त्री हो सम्झेर काम गरिरहेको छु : श्रममन्त्री अर्याल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले आफूले हरेक दिन आफ्नो अन्तिम दिन सम्झेर काम गर्दै आएको बताएका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले आफू हरेक दिन एक दिनको मन्त्री हो भन्ने सम्झेर काम गर्दै आएको कताएका हुन् ।
इमानदारी र प्यासनका साथ काम गरिरहेको भन्दै उनले श्रमिकको हक हितका लागि जस्तोसुकै कदम चाल्न पछि नहट्ने बताए ।
‘म हरेक दिन एकदिनको मन्त्री हो सम्झेर काम गरिरहेको हुन्छु । म मन्त्रालयमा कति समय हुन्छु भन्नेमा हुन्न । हरेक दिन आज मात्रै हो भनेर काम गर्छु,’ मन्त्री अर्यालले भने ।
उनले नियम, कानुन तथा ऐनका विरुद्ध हुने कामका लागि आफू हदैसम्म निर्मम हुने चेतावनी दिए । ‘गलत जो सुकैले गरोस् । म आफ्नो मान्छे, कसैको पहुँचको आधार तथा भनसुनको आधारमा म गलत भयो भने निकै निर्मम हुन्छु,’ मन्त्री अर्यालले भने ।
मन्त्रालयको नेतृत्व सम्हालेसम्म आफू हरेक दिन श्रमिक हक हितको लागि काम गर्ने गरेको उनले बताए । मन्त्रालयमा देखिएका समस्याबारे जानकार रहेको भन्दै उनले ती समस्या समाधानका लागि अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण