बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्दयी आमा : डेढ महिने छोराको गरिन् हत्या

बिहीबार, ०८ चैत २०८०, १५ : १३
बिहीबार, ०८ चैत २०८०

राजस्थान । भारतको राजस्थान राज्यको जयपुरमा एक महिलाले आफ्नै डेढ महिने छोराको हत्या गरेको तथ्य प्रकाशमा आएको छ ।

अन्जुम नाम गरेकी ती महिलाले नवजात शिशु (छोरा) दिनरात रोएर आफूलाई सास्ती दिएका कारण हत्या गर्नु परेको प्रहरी समक्ष बताएकी छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।

अन्जुमका अनुसार उनी एक्लै बस्दै आइरहेकी थिइन् । मार्च २ का दिन आफूले सर्जिकल ब्लेड प्रयोग गरी बच्चाको घाँटी काटेर हत्या गरेको बयान उनले प्रहरीसमक्ष दिएकी छन् ।

केही दिन यसरी भ्रमित तुल्याएकी थिइन् अन्जुमले

प्रहरीका अनुसार अन्जुमले आफ्नो छोराको हत्या गरेको केहीबेरमै हो–हल्ला गरेकी थिइन् । छोराको कसैले हत्या गरेको भन्दै उनले हार गुहार गरेपछि मानिस भेला भएका थिए ।

त्यतिबेला कसैले पनि आमाले नै छोराको हत्या गरेको हुन सक्छ भनेर शंका गरेनन् । मार्च ३ का दिन रामगंज प्रहरी थानामा पीडित परिवारको तर्फबाट जावेद खानले उजुरी दर्ता गराएका थिए । उजुरीमा घरमै सुतिरहेको अवस्थामा बच्चाको घाँटी काटिएको अवस्थामा शव फेला परेको बताइएको थियो ।

घटना भएको दिन उक्त घरको तल्लो तलामा अन्य मानिस पनि थिए । तर उक्त घटना घरको माथिल्लो तलामा भएको थियो जहाँ अन्जुममात्र बस्थिन् । त्यसपछि प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान अघि बढाएको थियो ।

गहन सोधपुछपछि अन्जुमले हत्या स्वीकारेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप