आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

इस्कोन गण्डकी बागलुङद्वारा गौर गण्डकी उत्सव आयोजना

शुक्रबार, ०९ चैत २०८०, ०७ : ३०
शुक्रबार, ०९ चैत २०८०

बागलुङ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन गण्डकीले त्रिदिवसिय गौर गण्डकी उत्सव  आयोजना गर्ने भएको छ । भगवान् श्रीचैतन्य महाप्रभुको प्राकट्य उत्सवको अवसर पारेर बागलुङ  नगरपालिका–१ मालढुङ्गामा यही चैत १०, ११ र १२ गते सम्म सञ्चालन हुने उक्त समारोहमा  पुष्प होली, नृसिंह यज्ञ, हरिनाम  सङ्कृतन, नृत्य, संस्कृतिक झाँकी, गौर कथा, महाअभिषेक, प्रसादम, गण्डकी माहात्म्य, गौर गण्डकी आरती इत्यादिको विशेष आकर्षण रहने  पत्रकार सम्मेलन मार्फत कार्यक्रम संयोजक गदाई गौराङ्ग दासले जानकारी दिए। 

भगवान् श्रीकृष्णको परम दयालु अवतार, भगवान्  चैतन्य महाप्रभुले यस कलियुगमा रहेका बद्ध जीवहरूको उद्धारको निम्ति विशेष अनुकम्पा गर्न आजभन्दा ५४० वर्ष पहिले यस धरधमामा अवतीर्ण भएकोले यस पर्वलाई गौडिया वैष्णव सम्प्रदायमा भव्य रूपमा मनाउने गरिन्छ। 

उक्त कार्यक्रमले कालीगण्डकी नदीको संरक्षण र संवर्द्धनमा पनि टेवा पुग्ने इस्कोन बागलुङका अध्यक्ष जगतगुरु गिरिधारी दासले बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप