उत्कृष्ट पुनरागमन गर्दै चेल्सीले एस्टन भिल्लालाई बराबरीमा रोक्यो
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको आफ्नो पछिल्लो खेलमा एस्टन भिल्ला र चेल्सीले अंक बाँडेका छन् । शनिबार राति सम्पन्न खेलमा चेल्सीले एस्टन भिल्लालाई २–२ गोलको बराबरीमा रोकेको हो ।
चेल्सीसँग बराबरीमा रोकिए पनि एस्टन भिल्ला तालिकाको चौथो स्थानमा यथावत् छ । खेलको प्रारम्भमै चेल्सीबाट आत्मघाती गोल भएको थियो । अन्ततः सोही आत्मघाती गोल नै चेल्सीका लागि दुर्भाग्य बन्न पुग्यो ।
खेल सुरु भएको चौथो मिनेटमै चेल्सीका मार्क कुकुरेल्लाबाट आत्मघाती गोल भएपछि एस्टन भिल्लाले अग्रता लिएको थियो । पहिलो हाफको खेल सकिनुभन्दा तीन मिनेटअघि एस्टन भिल्ला २–० गोलले अगाडि बढ्यो । एस्टन भिल्लाका लागि दोस्रो गोल मोर्गन रोजर्सले गरेका थिए ।
त्यसपछि चेल्सीले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । चेल्सीले दुवै गोल खेलको दोस्रो हाफमा ग¥यो । निर्धारित समयको ६२औँ मिनेटमा चेल्सीका लागि नोनी माडुएकाले पहिलो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा नौ मिनेटअघि कोनर गालाघेरले चेल्सीका लागि दोस्रो गोल थपे ।
एस्टन भिल्ला ३५ खेलबाट ६७ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । ३३ खेलबाट ४८ अंक बटुलेको चेल्सी तालिकाको नवौँ स्थानमा आसिन छ । ३४ खेलबाट ७७ अंक जोड्दै आर्सनल पहिलो, ३३ खेलबाट ७६ अंक बटुल्दै म्यानचेस्टर सिटी दोस्रो र ३५ खेलबाट ७५ अंक जोड्दै लिभरपुल तेस्रो स्थानमा आसिन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण