आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

उत्कृष्ट पुनरागमन गर्दै चेल्सीले एस्टन भिल्लालाई बराबरीमा रोक्यो

आइतबार, १६ वैशाख २०८१, ०९ : ५५
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको आफ्नो पछिल्लो खेलमा एस्टन भिल्ला र चेल्सीले अंक बाँडेका छन् । शनिबार राति सम्पन्न खेलमा चेल्सीले एस्टन भिल्लालाई २–२ गोलको बराबरीमा रोकेको हो ।

चेल्सीसँग बराबरीमा रोकिए पनि एस्टन भिल्ला तालिकाको चौथो स्थानमा यथावत् छ । खेलको प्रारम्भमै चेल्सीबाट आत्मघाती गोल भएको थियो । अन्ततः सोही आत्मघाती गोल नै चेल्सीका लागि दुर्भाग्य बन्न पुग्यो ।

खेल सुरु भएको चौथो मिनेटमै चेल्सीका मार्क कुकुरेल्लाबाट आत्मघाती गोल भएपछि एस्टन भिल्लाले अग्रता लिएको थियो । पहिलो हाफको खेल सकिनुभन्दा तीन मिनेटअघि एस्टन भिल्ला २–० गोलले अगाडि बढ्यो । एस्टन भिल्लाका लागि दोस्रो गोल मोर्गन रोजर्सले गरेका थिए ।

त्यसपछि चेल्सीले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । चेल्सीले दुवै गोल खेलको दोस्रो हाफमा ग¥यो । निर्धारित समयको ६२औँ मिनेटमा चेल्सीका लागि नोनी माडुएकाले पहिलो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा नौ मिनेटअघि कोनर गालाघेरले चेल्सीका लागि दोस्रो गोल थपे ।

एस्टन भिल्ला ३५ खेलबाट ६७ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । ३३ खेलबाट ४८ अंक बटुलेको चेल्सी तालिकाको नवौँ स्थानमा आसिन छ । ३४ खेलबाट ७७ अंक जोड्दै आर्सनल पहिलो, ३३ खेलबाट ७६ अंक बटुल्दै म्यानचेस्टर सिटी दोस्रो र ३५ खेलबाट ७५ अंक जोड्दै लिभरपुल तेस्रो स्थानमा आसिन छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप