आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रसहित सबै प्रदेशमा एमालेले नेतृत्व गर्ने मिसनमा छौँ : योगेश भट्टराई

आइतबार, १६ वैशाख २०८१, ०९ : २५
आइतबार, १६ वैशाख २०८१

जनकपुर । नेकपा (एमाले)का सचिव एवं मधेस प्रदेशका इन्चार्ज योगेश भट्टराईले सबैको सुदृढ एकताबाट देशलाई गरिबी, अशिक्षा र  पछौटेपनबाट मुक्त गराउनुपर्ने बताएका छन् । 

नेकपा (एमाले) धनुषाको क्षेत्र नम्बर २ (क) मुडिवा टोलमा भएको पार्टी प्रवेश तथा वृह सभालाई सम्बोधन गर्दै भट्टराईले खाडीको  पसिना बगाउने नौजवानहरूलाई स्वदेशमै पसिना बगाउने व्यवस्था मिलाउनुपर्ने बताए । 

‘देशभित्रै श्रम गर्ने, आत्मसम्मानका साथ नेपाली हुँ भनेर गर्व गर्ने अभियानमा हामी सबै एकताबद्ध भएर लाग्नुपर्ने छ,’ भट्टराईले भने भने, ‘अहिले पनि नेकपा (एमाले) सरकारमा त छ । तर, हामीले सरकारको नेतृत्व गर्न पाएका छैनौँ । मधेसको सरकारमा हामी छौँ । तर, मुख्यमन्त्री हामीसँग छैन । त्यसैले हामीले जनताले चाहेको जस्तो काम गर्न पाएका छैनौँ । ०८४ मा निर्वाचन हुँदैछ । अब नेकपा (एमाले)को एउटै सङ्कल्प छ । यो देशको प्रधानमन्त्री नेकपा (एमाले)को हुनेछ । मधेसको मुख्यमन्त्री नेकपा (एमाले)को हुनेछ । हामीले त्यो सन्देश गाउँ गाउँमा लैजानु पर्ने छ ।’  

भट्टराईले विविधतायुक्त देशमा सबै मिलेर अघि बढ्नुपर्नेमा पनि जोड दिए । ‘म जुन जिल्लामा जन्मिएको हुँ त्यहाँ अहिले पनि हिउँ परिरहेको छ । अहिले म जहाँ बोल्दै छु । यो ठाउँमा असाध्यै गर्मी छ । नेपालको विशेषता नै यही हो ।  नेपाल हिमाल, पहाड र तराईको देश हो,’ उनले भने, ‘मैले संसदमा प्रतिनिधित्व गरेको जिल्ला ताप्लेजुङका दिदीबहिनी, दाजुभाइ, आमाबुबाहरूले अहिले पनि बाक्लो पोसाक लगाइरहनु भएको छ । यहाँ पातलो पोसाकले पनि गर्मी भइरहेको छ । नेपालको विशेषता नै यही हो ।’ 

गरिबी, अशिक्षा, पछौटेपनबाट  देशलाई मुक्त गर्दै शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्ने एमालेको उद्देश्य रहेको भट्टराईको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप