बुन्डेस लिगा : केनको रेकर्ड, लेभरकुजन अपराजित
म्युनिख । इंग्ल्याण्डका स्ट्राइकर ह्यारी केनको दुई गोलको मद्दतले बायर्न म्युनिखले शनिबार आइन्ट्राक्ट फ्रांकफर्टलाई हराएको छ । योसँगै केनले एक सिजनमा आफ्नो सर्वाधिक गोलको रेकर्ड बनाएका छन् ।
३० वर्षीय खेलाडीले बायर्नका लागि डेब्यू सिजनमा सबै प्रतियोगितामा ४२ गोल गरेका छन् । यसअघि उनले सन् २०१७–१८ सिजनमा टोटनह्याम हटस्पर्सका लागि ४१ गोल गरेका थिए । यता लिगमा उनले ३५ गोल गरेका छन् ।
केनले खेलको नवौँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर ह्युगो एकिटिकेले २३ औँ मिनेटमा बराबरी गोल फर्काए । दोस्रो हाफमा पेनाल्टीबाट अर्को गोल थप्दै केनले बायर्नलाई जित दिलाए ।
योसँगै उनले क्लब र देशका लागि ४ सय गोल पनि पूरा गरेका छन् । उनले बुन्डेस लिगाका १७ मध्ये १६ टोलीविरुद्ध गोल गरेका छन् । यसमा उनले गर्ड मुलर, एइल्टन र रोबर्ट लेवान्डोस्कीको कीर्तिमान बराबरी गरेका छन् । आफ्नो डेब्यू सिजनमा यो उपलब्धि हासिल गर्ने भने उनी पहिलो खेलाडी हुन् । यो सिजन उनले फ्रिबर्गविरुद्ध मात्र गोल गर्न सकेनन् ।

उता, नयाँ जर्मन च्याम्पियन बायर लेभरकुजनले इन्जुरी समयमा गोल गर्दै स्टुटगार्डसँग २-२ गोलको बराबरी खेलेको छ । योसँगै टोलीले यस सिजन आफ्नो अपराजित यात्रा कायम राखेको छ ।
टोली पछिल्ला ४६ खेलमा अपराजित छ । ज्याभी ओलन्सोको टोलीले पाँच खेल बाँकी छँदै लिग उपाधि जितिसकेको थियो । अब लेभरकुजन लिगमा अपराजित रहँदै उपाधि जित्ने पहिलो टोली बन्ने होडमा रहेको छ ।
टोलीले अब बिहीबार युरोपा लिगको सेमिफाइनलमा सिरिए टोली एएस रोमाको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण