विदेशी लगानीकर्तालाई स्वागत गर्दै अर्थमन्त्रीले भने–नेपाल लगानीका लागि विश्वकै उत्कृष्ट गन्तव्य हो
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य भएको बताएका छन् । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री पुनले विदेशी लगानीकर्तालाई स्वागत गर्दै नेपाल लगानीका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको बताएका हुन् ।
अर्थमन्त्री पुनले नेपालमा पूर्वाधार लगानी, सूचना प्रविधि र हरित ऊर्जा क्षेत्रमा लगानीको उच्चतम सम्भावना रहेको बताए । यसका लागि नेपाल सरकारले एकैसाथ धेरै कानुनी व्यवस्थालाई सुधार गरेको समेत बताए । सरकारको यो कदम लगानीकर्ताको मनोबल सुधार गर्नका लागि पर्याप्त हुने समेत बताए ।
यसबाहेक नेपालमा रहेको उल्लेख्य सम्भावनालाई निजी क्षेत्र र सरकार मिलेर सदुपयोग गर्नुपर्ने र यसका लागि स्वदेशी र विदेशी लगानीकर्तालाई स्वागत गर्ने उनको भनाई छ । सरकारले यसअघि २०७३ र २०७५ सालमा लगानी सम्मेलनको आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण