आयरल्याण्डले सबैभन्दा कान्छो प्रधानमन्त्री पाउँदै
सोमबार, १२ चैत २०८०, १६ : २६
डब्लिन । साइमन ह्यारिस ३७ वर्षको उमेरमा आयरल्याण्डको सबैभन्दा कान्छो प्रधानमन्त्री बन्ने भएका छन् । सत्तारुढ फाइन गेल पार्टीले ह्यारिसलाई दलको नयाँ नेता चयन गरेपछि उनी पूर्वप्रधानमन्त्री लियो भाराडकारको उत्तराधिकारी बन्ने भएका हुन् ।
लियोले गत बुधबार ‘व्यक्तिगत र राजनीतिक कारण’ देखाउँदै पदबाट राजीनामा दिएका थिए । सन् २०१७ मा लियो ३८ वर्षको उमेरमा आयरल्याण्डका कान्छो प्रधानमन्त्री बन्दै चर्चा कमाएका थिए ।
यता, दलको नेता चयन भएपछि पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै ह्यारिसले आफू निकै गौरवान्वित भएको जिकिर गरे । उनले उत्कृष्ट नेतृत्वका लागि लियोलाई धन्यवादसमेत दिए ।
ह्यारिसले यसअघि शिक्षा मन्त्रीका रूपमा काम गरेका थिए । त्यस्तै, सन् २०१६ देखि २०२० सम्म आयरल्याण्डको स्वास्थ्य मन्त्री पनि बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत विकासको लागि एमाले चितवनले बनायो समृद्धि गुरुयोजना कार्यदल
-
केन्द्रसहित सबै प्रदेशमा एमालेले नेतृत्व गर्ने मिसनमा छौँ : योगेश भट्टराई
-
सन्दीपको पुनरावेदनमाथि सुनुवाइ हुँदै
-
प्रतिबन्धित लागुऔषधसहित १ जना प्रहरीको नियन्त्रणमा
-
जसपा नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई
-
इलाम २ मा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय