आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

बुधबार, १४ चैत २०८०, १० : ३३
बुधबार, १४ चैत २०८०

धनगढी  । सोमबारदेखि सम्पर्कविहीन रहेकी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल सम्पर्कमा आएकी छिन् ।

भारतको गोवाबाट सम्पर्कविहीन भएकी मेयर हमालकी छोरी सम्पर्कमा आएकी हुन् । उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो । अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्बिरसहितको पोस्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन् । आरतीकी आमा शारदाका अनुसार उनीहरू भारतको गोवामा छन् ।

उनले भनिन, ‘छोरी गोवामै रहेछ । एक विदेशी केटीले फोटो हालेपछि अमेरिकामा भएकाले सम्पर्क गर्नु भयो । छोरी र ज्वाइँ पुग्नु भएको छ ।’ उनी सम्पर्कमा आएपछि आरतीकी बहिनी आरजु उनका श्रीमान रीतेज भट्ट गोवा पुगेका हुन् ।

आरती मेयर हमालकी जेठी छोरी हुन् । उनी ओशो साधक हुन् । ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।

सोमबारदेखि सम्पर्कमा नआएपछि मेयर हमालले खोजी कार्यको लागि सार्वजनिक अपिल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप