अभिनेता विपिन किन पुगे अमेरिका ?
काठमाडौँ । अभिनेता विपिन कार्की अमेरिका पुगेका छन् । फिल्म ‘तेल भिसा’ अभिनयका लागि उनी अमेरिका उडेका हुन् । फिल्मका निर्देशक शङ्कर घिमिरे हुन् ।
निर्देशक घिमिरेले विपिनलाई अमेरिकामा स्वागत गरेको तस्बिर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । विपिनको अमेरिका यात्रा यो नै पहिलो हो ।
घिमिरेले लामो समयपछि तेल भिसा मार्फत निर्देशनमा कमब्याक गर्न लागेका हुन् । फिल्मका निर्माता टिकाराम बुढाथोकी हुन् । बुढाथोकीले वेल डन क्रिएसनसँग सहकार्य गर्दै फिल्म निर्माण गर्न लागेका हुन् । अमेरिकामा उनको भेट फिल्मकी िअभिनेत्री ऋचा घिमिरेसँग पनि भएको छ । ऋचाले पनि फिल्ममा एउटा महत्त्वपूर्ण भूमिका निवार्ह गर्दै छिन् ।
फिल्ममा विपिन दोहोरो भूमिकामा देखिँदै छन् । उनको अपोजिट गौरी मल्ल र वर्षा राउत दुवै जना देखिने छन् । सुटिङका लागि वर्षा केही दिनमा र गौरी सम्भवतः अर्को हप्ता अमेरिका उड्ने बताइएको छ ।
अमेरिकामा बसोबास गर्ने विभिन्न देशका कलाकारहरूको समेत सहभागितामा फिल्मको छायाङ्कन बैशाख २५ गतेबाट सुरु हुनेछ । मेरिल्याण्ड राज्यका विभिन्न सहरमा ७० प्रतिशत छायाङ्कन हुने फिल्मको बाँकी छायाङ्कन नेपालमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण