अभिनेता विपिन किन पुगे अमेरिका ?

काठमाडौँ । अभिनेता विपिन कार्की अमेरिका पुगेका छन् । फिल्म ‘तेल भिसा’ अभिनयका लागि उनी अमेरिका उडेका हुन् । फिल्मका निर्देशक शङ्कर घिमिरे हुन् ।
निर्देशक घिमिरेले विपिनलाई अमेरिकामा स्वागत गरेको तस्बिर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । विपिनको अमेरिका यात्रा यो नै पहिलो हो ।
घिमिरेले लामो समयपछि तेल भिसा मार्फत निर्देशनमा कमब्याक गर्न लागेका हुन् । फिल्मका निर्माता टिकाराम बुढाथोकी हुन् । बुढाथोकीले वेल डन क्रिएसनसँग सहकार्य गर्दै फिल्म निर्माण गर्न लागेका हुन् । अमेरिकामा उनको भेट फिल्मकी िअभिनेत्री ऋचा घिमिरेसँग पनि भएको छ । ऋचाले पनि फिल्ममा एउटा महत्त्वपूर्ण भूमिका निवार्ह गर्दै छिन् ।
फिल्ममा विपिन दोहोरो भूमिकामा देखिँदै छन् । उनको अपोजिट गौरी मल्ल र वर्षा राउत दुवै जना देखिने छन् । सुटिङका लागि वर्षा केही दिनमा र गौरी सम्भवतः अर्को हप्ता अमेरिका उड्ने बताइएको छ ।
अमेरिकामा बसोबास गर्ने विभिन्न देशका कलाकारहरूको समेत सहभागितामा फिल्मको छायाङ्कन बैशाख २५ गतेबाट सुरु हुनेछ । मेरिल्याण्ड राज्यका विभिन्न सहरमा ७० प्रतिशत छायाङ्कन हुने फिल्मको बाँकी छायाङ्कन नेपालमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल