आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कमजोर प्रतिद्वन्द्वीसँग जिल्लियो लिग लिडर पीएसजी, लम्बियो उपाधि यात्रा

आइतबार, १६ वैशाख २०८१, १० : ४२
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । फ्रेन्च लिग फुटबलको आफ्नो पछिल्लो खेलमा लिग लिडर पेरिस सेन्ट जर्मन (पीएसजी) तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी ले हाभ्रेसँग अंक बाँड्न बाध्य भएको छ । शनिबार राति खेलिएको खेलमा ले हाभ्रेले पीएसजीलाई ३–३ गोलको बराबरीमा रोकेको हो । 
करिब करिब उपाधि पक्का गरिसकेको पीएसजी खेलको अन्तिम समयमा जवाफी गर्दै सम्भावित पराजय टारेको थियो । पीएसजीको घरेलु मैदानमा सुरुआती अग्रता पनि ले हाभ्रेले नै लिएको थियो । खेल सुरु भएको १९ औँ मिनेटमा ले हाभ्रेका लागि क्रिस्टोफर ओपेरीले पहिलो गोिल गरेका थिए ।

२९ औँ मिनेटमा पीएसजीका लागि ब्राड्ली बार्कोलाले जवाफी गोल गरेका थिए । ३८ औँ मिनेटमा आकर्षक गोल गर्दै आन्द्रे आवेले ले हाभ्रेलाई पुनः २–१ ले अग्रता दिलाएका थिए । ६१ औँ मिनेटमा अब्दुलाय टुरेले ले हाभ्रेका लागि तेस्रो गोल थपेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए ।

त्यसपछि पीएसजीले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । पीएसजीका लागि दोस्रो गोल ७८ औँ मिनेटमा अचरफ हकिमीले गरेका थिए । दोस्रो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा पीएसजीका लागि गोनकालो रामोसले तेस्रो गोल गरेका थिए । 

उक्त खेलमा ले हाभ्रेलाई हराएको भए तीन खेलअघि नै पीएसजीले उपाधि जित्ने थियो । हालसम्म ३१ खेल खेलेको पीएसजी ७० अंकसहित तालिकाको पहिलो स्थानमा छ । ३० खेलबाट ५८ अंक बटुलेको मोनाको तालिकाको दोस्रो स्थानमा छ । ३१ खेल खेलेको ले हाभ्रे २९ अंकसहित १५ औँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप