कमजोर प्रतिद्वन्द्वीसँग जिल्लियो लिग लिडर पीएसजी, लम्बियो उपाधि यात्रा
काठमाडौँ । फ्रेन्च लिग फुटबलको आफ्नो पछिल्लो खेलमा लिग लिडर पेरिस सेन्ट जर्मन (पीएसजी) तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी ले हाभ्रेसँग अंक बाँड्न बाध्य भएको छ । शनिबार राति खेलिएको खेलमा ले हाभ्रेले पीएसजीलाई ३–३ गोलको बराबरीमा रोकेको हो ।
करिब करिब उपाधि पक्का गरिसकेको पीएसजी खेलको अन्तिम समयमा जवाफी गर्दै सम्भावित पराजय टारेको थियो । पीएसजीको घरेलु मैदानमा सुरुआती अग्रता पनि ले हाभ्रेले नै लिएको थियो । खेल सुरु भएको १९ औँ मिनेटमा ले हाभ्रेका लागि क्रिस्टोफर ओपेरीले पहिलो गोिल गरेका थिए ।
२९ औँ मिनेटमा पीएसजीका लागि ब्राड्ली बार्कोलाले जवाफी गोल गरेका थिए । ३८ औँ मिनेटमा आकर्षक गोल गर्दै आन्द्रे आवेले ले हाभ्रेलाई पुनः २–१ ले अग्रता दिलाएका थिए । ६१ औँ मिनेटमा अब्दुलाय टुरेले ले हाभ्रेका लागि तेस्रो गोल थपेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए ।
त्यसपछि पीएसजीले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । पीएसजीका लागि दोस्रो गोल ७८ औँ मिनेटमा अचरफ हकिमीले गरेका थिए । दोस्रो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा पीएसजीका लागि गोनकालो रामोसले तेस्रो गोल गरेका थिए ।
उक्त खेलमा ले हाभ्रेलाई हराएको भए तीन खेलअघि नै पीएसजीले उपाधि जित्ने थियो । हालसम्म ३१ खेल खेलेको पीएसजी ७० अंकसहित तालिकाको पहिलो स्थानमा छ । ३० खेलबाट ५८ अंक बटुलेको मोनाको तालिकाको दोस्रो स्थानमा छ । ३१ खेल खेलेको ले हाभ्रे २९ अंकसहित १५ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण