आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

संयुक्त राष्ट्रसंघको प्रतिवेदन : १० वर्षमा ३८ हजार ४०० आप्रवासीको समुद्रमा डुबेर मृत्यु

बुधबार, १४ चैत २०८०, २१ : १७
बुधबार, १४ चैत २०८०

न्यूयोर्क । हालैका वर्षमा आप्रवासीहरू डुबेर मरेको खबर निकै आइरहेको छ । संयुक्त राष्ट्र संघ (यूएन)को अन्तर्राष्ट्रिय आप्रवासन संगठनले सार्वजनिक गरेको एउटा प्रतिवेदनका अनुसार विगत १० वर्षमा ६४ हजार आप्रवासीको मृत्यु भएको जनाएको छ । 

यीमध्ये ३८ हजार ४०० जना आप्रवासीको समुद्रमा डुबेर मृत्यु भएको हो । यसमा २७ हजार जनाको मृत्यु भूमध्यसागरमा भएको छ ।

धेरैजसो आप्रवासीहरू भूमध्यसागर हुँदै उत्तर अमेरिकाबाट दक्षिणी युरोप पुग्ने प्रयास गर्छन् ।  भूमध्यसागर खतरनाक क्षेत्र भएकाले यहाँ यात्रा गर्नु निकै जोखिमपूर्ण रहेको आईओएमका डाटा विश्लेषक एन्ड्रिया गार्सिया बोर्जा बताउँछिन् । भूमध्यसागरको तथ्यांकलाई अन्य क्षेत्रको तुलनामा धेरै गहन रूपमा हेरिएको उनले बताइन् । सहारा मरुभूमिजस्ता क्षेत्रको अनुगमन गर्न कठिन भएकोले भरपर्दो तथ्यांक आउन चाँहि मुस्किल भएको उनको भनाइ छ ।

आधाभन्दा बढी मामिलामा आईओएमले आप्रवासीको लिङ्ग वा उमेर के कति थियो भनेर भेउ पाउनै सकेन । पहिचान भएका आप्रवासीहरू मध्ये एक तिहाइ भन्दा बढी द्वन्द्वग्रस्त देशहरू वा ठूलो संख्यामा शरणार्थी भएका देशहरूबाट आएका थिए । प्रतिवेदनका अनुसार सन् २०२३ मा विश्वभर आप्रवासन मार्गमा ८ हजार ५०० भन्दा बढी मानिसको मृत्यु भएको देखाएको छ । यस हिसाबले सन् २०२३ लाई सबैभन्दा खतरनाक वर्ष भन्न सकिने आइओएमको भनाइ छ । यस वर्षको तथ्यांक पनि चिन्ताजनक हुनसक्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप