संयुक्त राष्ट्रसंघको प्रतिवेदन : १० वर्षमा ३८ हजार ४०० आप्रवासीको समुद्रमा डुबेर मृत्यु
न्यूयोर्क । हालैका वर्षमा आप्रवासीहरू डुबेर मरेको खबर निकै आइरहेको छ । संयुक्त राष्ट्र संघ (यूएन)को अन्तर्राष्ट्रिय आप्रवासन संगठनले सार्वजनिक गरेको एउटा प्रतिवेदनका अनुसार विगत १० वर्षमा ६४ हजार आप्रवासीको मृत्यु भएको जनाएको छ ।
यीमध्ये ३८ हजार ४०० जना आप्रवासीको समुद्रमा डुबेर मृत्यु भएको हो । यसमा २७ हजार जनाको मृत्यु भूमध्यसागरमा भएको छ ।
धेरैजसो आप्रवासीहरू भूमध्यसागर हुँदै उत्तर अमेरिकाबाट दक्षिणी युरोप पुग्ने प्रयास गर्छन् । भूमध्यसागर खतरनाक क्षेत्र भएकाले यहाँ यात्रा गर्नु निकै जोखिमपूर्ण रहेको आईओएमका डाटा विश्लेषक एन्ड्रिया गार्सिया बोर्जा बताउँछिन् । भूमध्यसागरको तथ्यांकलाई अन्य क्षेत्रको तुलनामा धेरै गहन रूपमा हेरिएको उनले बताइन् । सहारा मरुभूमिजस्ता क्षेत्रको अनुगमन गर्न कठिन भएकोले भरपर्दो तथ्यांक आउन चाँहि मुस्किल भएको उनको भनाइ छ ।
आधाभन्दा बढी मामिलामा आईओएमले आप्रवासीको लिङ्ग वा उमेर के कति थियो भनेर भेउ पाउनै सकेन । पहिचान भएका आप्रवासीहरू मध्ये एक तिहाइ भन्दा बढी द्वन्द्वग्रस्त देशहरू वा ठूलो संख्यामा शरणार्थी भएका देशहरूबाट आएका थिए । प्रतिवेदनका अनुसार सन् २०२३ मा विश्वभर आप्रवासन मार्गमा ८ हजार ५०० भन्दा बढी मानिसको मृत्यु भएको देखाएको छ । यस हिसाबले सन् २०२३ लाई सबैभन्दा खतरनाक वर्ष भन्न सकिने आइओएमको भनाइ छ । यस वर्षको तथ्यांक पनि चिन्ताजनक हुनसक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण