आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

स्किल विकको पाँचौँ संस्करण हुँदै

सोमबार, १९ चैत २०८०, २० : २८
सोमबार, १९ चैत २०८०

काठमाडौँ । ग्लोकल आफ्टर स्कुलले स्किल विक कार्यक्रमको पाँचौँ संस्करण गर्ने भएको छ । यो कार्यक्रमको उद्देश्य रोजगारीमा चाहिने सीपका लागि इको सिस्टम निर्माण गर्ने रहेको छ । 

स्किल विक एक हप्ते कार्यक्रम हो जसमा विभिन्न सीपमूलक तालिमहरू लगायत सीपयुक्त कार्यशाला, तालिम, केस अध्ययन लगायत मनोरञ्जनलाई मध्यनजरमा राख्दै सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिनेछ ।

कार्यक्रम मार्च ३१ देखि अप्रिल ८ सम्म सञ्चालन हुनेछ । १५ देखि ३० वर्षकाले कार्यक्रममा सहभागिता जनाउन सक्ने छन् र सोही कार्यक्रमबाट सीप विकासबारे जानकारी लिन सक्नेछन्  । सम्पूर्ण आवेदन निःशुल्क हुनेछन् ।

यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ । यसमा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य र विज्ञान र प्रविधि रहेका छन् । कार्यक्रमका मुख्य विशेषताहरू ( छलफल, सीपमूलक प्रस्तुति, केस अध्ययन प्रतियोगिता, प्रतिस्पर्धा, कार्यशाला, तथा मनोरञ्जन रहेका छन्। मार्च ३१ देखि अप्रिल ८ सम्म  विभिन्न संघसंस्थाद्वारा अनलाइन तथा अफलाइन तालिम एवम् कार्यशाला प्रदान गरिने छ। 

कार्यक्रमको थप जानकारीका लागि www.skill.glocalafterschool.com मा हेर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप