६ फिल्म फ्लप हुँदा सङ्कटमा टाइगर श्राफ
काठमाडौँ । कोभिड महामारी अघि अभिनेता टाइगर श्राफ बलिउडमा सबैभन्दा महत्त्वाकाङ्क्षी र उदाइरहेका अभिनेतामध्ये एक थिए । आफ्नो नृत्य शैली र खतरनाक एक्सन सिक्वेन्सले टाइगर बलिउडको युवा एक्सन स्टारका रुपमा लोकप्रिय बनेका थिए ।
तर टाइगरका पछिल्ला केही फिल्मले बक्सअफिसमा खासै कमाई देखाउन सकेन । जसकारण उनको फिल्मी करियर ग्राफ निकै तल आएको छ । ‘हिरोपन्ती २’, ‘गणपत’ र ‘बडे मियाँ छोटे मियाँ’ को बक्सअफिस असफलतापछि अब टाइगरलाई हिट फिल्मको धेरै आवश्यकता परेको छ ।
अहिले टाइगरको हातमा कुनै पनि फिल्म छैन र उनको करियर सङ्कटको अवस्थामा पुगेको छ । ‘रेम्बो यो गर्मीमा सुरु हुने तयारीमा थियो । तर बजेटको समस्याका कारण यसलाई स्थगित गरिएको छ ।
जियोले टाइगरका साथ महंगो एक्सन फिल्म बनाउन सम्भव नरहेको बताइसकेको छ । ११ वटा फिल्म रिलिज हुँदा टाइगरले हालैमात्र लगातार ३ फ्लप फिल्मका साथ कुल ६ फ्लप फिल्म दिए । बक्स अफिसमा गिरावट आएपछि अहिले उनको हातमा चलचित्र छैन ।
फ्लप फिल्ममा ह्याट्रिक भएपछि निर्माताले टाइगरलाई आफ्नो पारिश्रमिकलाई सिंगल डिजिटसम्म कम गर्न सल्लाह दिइसकेका छन् । एक निर्माताले हालैमात्र टाइगरलाई आफ्नो पारिश्रमिकमा ७० प्रतिशत भन्दा बढी कम गरेर ९ करोडमा सीमित गर्न सल्लाह नै दिएका थिए । उनको भनाइमा अहिले टाइगरको कुनै बजार मूल्य छैन ।
उनले ‘बडे मियाँ छोटे मियाँ’ र ‘गणपत’का लागि ३०–३० करोड पारिश्रमिक लिएका थिए । तर दुवै फिल्म फ्लप भएपछि उनलाई नराम्ररी झट्का लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण