आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जीडब्लूएमका गाडीहरुमा सानदार नववर्ष अफर सार्वजनिक

मङ्गलबार, २० चैत २०८०, १० : २३
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । जीडब्लूएमको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले आकर्षक ‘सानदार नव वर्ष २०८१’ योजना सार्वजनिक गरेको छ । 

यो योजना नेपाली नयाँ वर्ष स्वागत गर्न जीडब्लूएमका लोकप्रिय मोडेलहरु हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरुमा अफरहरु प्रवर्द्धन गरिएको कम्पनीले जनाएको छ ।  

अफर मार्फत ग्राहकहरूले ओरा ०३ ईभी मा भारि नगद छुट, फ्री एसेसरीज, एक वर्ष सम्मको व्यापक बीमा र फास्ट चार्जर सहित रु ५ लाखसम्मको फाइदा पाउनेछन । हाभलका एच् सिक्स र जोलायनमा ८.५ लाख सम्मको फाइदा सहित नगद छुट, एक वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथै पावरमा १० लाख सम्मको फाइदा सहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन् । 

यी सुविधाहरू मार्फत अटोमोटिभ उत्साहीहरुले उत्कृष्ट ड्राइभिङ अनुभवका साथ यो नयाँ वर्ष अविष्मरणीय बनाउन सक्ने कम्पनीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप