बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य विज्ञान शिक्षालय संघको अध्यक्षमा पुनः ढकाल निर्विरोध निर्वाचित

सोमबार, २६ चैत २०८०, २१ : ३९
सोमबार, २६ चैत २०८०

काठमाडौँ । स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया) को अध्यक्षमा पुनः सरोज ढकाल निर्वाचित भएका छन् । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, चिकित्साशास्त्र अन्तर्गत निजी स्तरबाट सञ्चालित, शिक्षण संस्थाहरुको छाता संगठन एसियाको छैँठौ महाधिवेशनबाट ढकाललाई अध्यक्षमा पुनः निर्विरोध निर्वाचित गरेको हो ।

काठमाडौँमा सम्पन्न महाधिवेशनबाट ढकालको संयोजकत्वमा एघार सदस्य केन्द्रिय समिति गठन गरेको छ । संघको महासचिवमा के.एन. शर्मा महासचिवमा पुनः निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षहरूमा नागेन्द्र झा, के.पी. सिंह र किरण दवाडी चयन भएका छन् । सचिवमा दिपक बराल, कोषाध्यक्षमा चण्डेश्वरी ताम्राकार, सदस्यहरुमा रामप्रित यादव, होमप्रसाद अधिकारी र भुवनचक्र जोशी रहेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति डा. शैलेशमणि पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनमा निजी क्षेत्रमा शिक्षण संस्थाहरुले चिकित्सा शिक्षा ऐन लागू भएपछि भोग्नुपरेको समस्याका विषयमा समेत छलफल भएको थियो ।

कार्यक्रममा उपकुलपति पोखरेलले विश्वविद्यालय र नीजि कलेजहरु एक रथका दुई पाङ्ग्रा भएको बताएका थिए । विश्वविद्यालय शिक्षण संस्थाकै शुल्कबाट सञ्चालन हुने भन्दै विद्यार्थी कम हुनु नराम्रो रहेको बताए ।

विद्यमान ऐन कानुनअनुसार नीजि शिक्षण संस्थालाई विश्वविद्यालय सहयोग गर्न तयार रहेको उपकुलपति पोखरेलले बताएका थिए । कार्यक्रमका पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार प्रा. निलमणि पोखरेलले आफ्नो हक अधिकारका लागि शिक्षण संस्थाहरु एकजुट हुनु राम्रो रहेको बताएका थिए ।

एसियाका महासचिव के.एन. शर्माले शिक्षण संस्थाहरुले चिकित्स शिक्षा ऐन २०७५ का कारण धेरै समस्या भइरहेको बताएका थिए । ऐनमा व्यवस्था भएको १०० शैया भएको शिक्षण संस्थाहरुले तिनवटा नर्सिङ्ग कार्यक्रमहरु सञ्चालन गर्न नरोकेको तर, चिकित्सा शिक्षा आयोगका कारण अधिकांश विद्यार्थीहरु नर्सिङ्ग कार्यक्रम पढ्नबाट वञ्चित भएको बताए ।

उनीहरू नेपालमा अध्ययनको अवसर नपाएपछि विदेशन बाध्य भएको वा अन्य कार्यक्रम बढ्नतिर लागेको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप