रोमाञ्चक खेलमा हैदराबादले २ रनले हरायो पञ्जाबलाई
मुलनपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबादले पञ्जब किंग्समाथि २ रनको रोमाञ्चक जीत हासिल गरेको छ ।
हैदराबादले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८० रन मात्र बनाउन सक्यो ।
रोमाञ्चक बनेको अन्तिम ओभरमा पञ्जाबलाई जीतका लागि २९ रन चाहिएको थियो । उक्त ओभरमा हैदराबादले आशुतोष शर्मालाई क्याच आउट गर्नबाट पटक–पटक चुकेको थियो । अन्तिम बलमा शशांक सिंहले छक्का प्रहार गरे पनि टोली २ रनले पछि रह्यो ।
खेलमा पञ्जाबले खराब सुरुवात गरेको थियो । मात्र २० रनमा टोलीले ३ विकेट गुमाइसकेको थियो । १६ औँ ओभरमा ११४ रन बनाउँदा टोलीका ६ ब्याट्सम्यान पभेलियन फर्किसकेका थिए ।
तर, शशांक सिंह र आशुतोष शर्माले विस्फोटक ब्याटिङ गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । सिंहले २५ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन बनाए ।
त्यस्तै शर्माले १५ बलमा ३३ रनको योगदान दिए । उनले १५ बलमा ३ चौका र २ छक्का हिर्काए । यसैगरी साम करनले २९ रन तथा सिकन्दर राजाले २८ रन बनाए ।
हैदराबादका लागि भुवनेश्वर कुमारले २ तथा कप्तान प्याट कमिन्ससहित टी नटराजन, नितिश रेड्डी र जयदेव उनादकटले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । टोलीका लागि नितिश रेड्डीले ३७ बलमा ६४ रनको शानदार इनिङ्स खेले । उनले यस क्रममा ४ चौका र ५ छक्का हिर्काए ।
अब्दुल समादले २५ तथा ओपनर ट्राभिस हेडले २१ रनको योगदान दिए । यता पञ्जाबका लागि अर्शदीप सिंहले ४ तथा साम करन र हर्षल पटेलले २–२ विकेट लिए ।
५ खेलमा हैदराबादको यो तेस्रो जीत हो । टोली ६ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ । यता खेलमा तेस्रो हार बेहोरेको पञ्जाब छैटौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट विवादका कारण कोशी प्रदेशसभा बैठक पुनः स्थगित
-
‘कङ्गाल करोडपति’मा मुकुनको जोडी बन्दै सलिना
-
एआई चिप बनाउन ५७६ अर्ब डलर खर्च गर्दैछ दक्षिण कोरिया
-
अजय देवगनको आगामी फिल्म ‘चौहान’ विवादमा
-
भाडा नतिर्ने ४५ उद्योगको लाइन काटियो, दुई सातामा ४२ करोड बक्यौता असुल
-
दैनिक साढे १३ अर्ब खर्च गर्नुपर्ने बाध्यतामा सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण