बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सिप्रदीद्वारा ट्राफिक प्रहरीलाई विद्युतीय गाडी व्यवस्थापनसम्बन्धी तालिम प्रदान

बिहीबार, २९ चैत २०८०, १३ : ५०
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । सिप्रदी ट्रेडिङले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई विद्युतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरेको छ । तालिममा विद्युतीय गाडी सम्बन्धी जानकारी, सुरक्षाका उपायहरू र दुर्घटना भएको अवस्थामा अपनाउनुपर्ने सावधानीहरूका बारेमा विस्तृत रूपमा जानकारी गराइएको थियो । 

चैत्र ५ गते, १३ गते, १९ गते र २३ गते आयोजना भएको उक्त कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ६० जना ट्राफिक प्रहरीहरू सहभागी भएका थिए । तालिम पश्चात् सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले तालिममा सहभागी ट्राफिक प्रहरीहरूलाई प्रमाणपत्र प्रदान गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप