दुब्लो पातलो हुनु हुन्छ ? मोटाउन चिकेन–मटनको ठाउँमा खानुस् यी शाकाहारी खानेकुरा
काठमाडौँ । वजन धेरै हुनु स्वास्थ्यका लागि खतरनाक हो । मोटोपनाका कारण शरीरमा अनेकौँ समस्या निम्तिन्छ । तर वजन कम हुँदा पनि उति नै हानिकारक हुन सक्छ । शरीर दुब्लो पातलो हुँदा कुपोषण हुन सक्छ । अस्टियोपोरोसिस, हाइपोथर्मिया हुन सक्छ । मांसपेशीमा बल हुन्न । रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन थाल्छ । दुब्लो पातलो मान्छेले यस्ता अनेक गम्भीर स्वास्थ्य समस्या भोग्न सक्छन् ।
तपाईँ पनि अति नै दुब्लो पातलो हुनु हुन्छ भने कसरी मोटाउने भन्ने चिन्ताले ग्रस्त हुनु हुन्छ होला । जति खाँदा पनि मोटाउनु भएको छैन भने यो लेख तपाईँको लागि हो । यो लेखमा हामी चिकेन-मटन नभई शाकाहारी भोजन गरेरै तौल बढाउन सकिने उपायहरूबारे कुराकानी गर्न गइरहेका छौँ ।
आफ्नो भोजनमा प्रोटिन भरपुर मात्रामा पाइने बदाम र ड्राई फ्रूट्स समावेश गर्नुस् । यसमा राम्रो मात्रामा हेल्दी फ्याट र कोलोरिज पाइन्छ, जुन वजन बढाउन सहयोगी हुनेछ । आफ्नो आहारमा क्विन्वा सामेल गर्नुस् । यसमा ९ खालका एमिनो एसिड पाइन्छ । यसले पनि तौल बढाउन मद्दत गर्दछ ।
मोटो र बलियो बन्न चाहने हो भने नियमित रुपमा दाल, मटर, चना, भटमासको भरपुर सेवन गर्नुस् । तौल बढाउन चाहनेहरूले आफ्नो आहारमा सखरखन्डा पनि समावेश गर्न सक्छन् । सखरखन्डा प्रोटिन, फाइबरको साथसाथै क्यालोरीको राम्रो स्रोत हो ।
तपाई ज्यादै पातलो हुनु हुन्छ भने भात खान नछाड्नुस् । भात कार्बोहाइड्रेट राम्रो स्रोत हो । एभोकाडो पनि उपयोगी हुन सक्छ । यसमा फ्याट, एन्टीअक्सिडेन्ट, भिटामिन उच्च मात्रामा पाइन्छ । यसको सेवनले तौल बढाउन तपाईँलाई मद्दत गर्नेछ ।
खाना बनाउन नरिवलको तेल प्रयोग गर्नु पनि फाइदाजनक हुन सक्छ । नरिवलको तेल क्यालोरीको राम्रो स्रोत हो । तौल बढाउन चाहनेका लागि यो राम्रो विकल्प हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण