शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

दुब्लो पातलो हुनु हुन्छ ? मोटाउन चिकेन–मटनको ठाउँमा खानुस् यी शाकाहारी खानेकुरा

बिहीबार, २० वैशाख २०८१, १४ : ००
बिहीबार, २० वैशाख २०८१

काठमाडौँ । वजन धेरै हुनु स्वास्थ्यका लागि खतरनाक हो । मोटोपनाका कारण शरीरमा अनेकौँ समस्या निम्तिन्छ । तर वजन कम हुँदा पनि उति नै हानिकारक हुन सक्छ । शरीर दुब्लो पातलो हुँदा कुपोषण हुन सक्छ । अस्टियोपोरोसिस, हाइपोथर्मिया  हुन सक्छ । मांसपेशीमा बल हुन्न । रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन थाल्छ । दुब्लो पातलो मान्छेले यस्ता अनेक गम्भीर स्वास्थ्य समस्या भोग्न सक्छन् ।

तपाईँ पनि अति नै दुब्लो पातलो हुनु हुन्छ भने कसरी मोटाउने भन्ने चिन्ताले ग्रस्त हुनु हुन्छ होला । जति खाँदा पनि मोटाउनु भएको छैन भने यो लेख तपाईँको लागि हो । यो लेखमा हामी चिकेन-मटन नभई शाकाहारी भोजन गरेरै तौल बढाउन सकिने उपायहरूबारे कुराकानी गर्न गइरहेका छौँ ।

आफ्नो भोजनमा प्रोटिन भरपुर मात्रामा पाइने बदाम र ड्राई फ्रूट्स समावेश गर्नुस् । यसमा राम्रो मात्रामा हेल्दी फ्याट र कोलोरिज पाइन्छ, जुन वजन बढाउन सहयोगी हुनेछ । आफ्नो आहारमा क्विन्वा सामेल गर्नुस् । यसमा ९ खालका एमिनो एसिड पाइन्छ । यसले पनि तौल बढाउन मद्दत गर्दछ ।

मोटो र बलियो बन्न चाहने हो भने नियमित रुपमा दाल, मटर, चना, भटमासको भरपुर सेवन गर्नुस् । तौल बढाउन चाहनेहरूले आफ्नो आहारमा सखरखन्डा पनि समावेश गर्न सक्छन् । सखरखन्डा प्रोटिन, फाइबरको साथसाथै क्यालोरीको राम्रो स्रोत हो ।

तपाई ज्यादै पातलो हुनु हुन्छ भने भात खान नछाड्नुस् । भात कार्बोहाइड्रेट राम्रो स्रोत हो । एभोकाडो पनि उपयोगी हुन सक्छ । यसमा फ्याट, एन्टीअक्सिडेन्ट, भिटामिन उच्च मात्रामा पाइन्छ । यसको सेवनले तौल बढाउन तपाईँलाई मद्दत गर्नेछ ।

 

खाना बनाउन नरिवलको तेल प्रयोग गर्नु पनि फाइदाजनक हुन सक्छ । नरिवलको तेल क्यालोरीको राम्रो स्रोत हो । तौल बढाउन चाहनेका लागि यो राम्रो विकल्प हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप