ड्राइभिङ लाइसेन्स छापिसक्न अझै डेढ वर्ष लाग्छ : मन्त्री महासेठ
बिहीबार, २० वैशाख २०८१, १४ : १३

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ड्राइभिङ लाइसेन्स छाप्न अझै डेढ वर्ष लाग्न सक्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले ड्राइभिङ लाइसेन्सको समस्या समाधान गर्न लागिपरेको बताए ।
आफूले मन्त्रालय सम्हालेपछि दैनिक ५ हजार प्रिन्ट लाइसेन्स प्रिन्ट हुन लागेको उल्लेख गर्दै समस्या समाधान गर्न निर्देशन दिएको जानकारी गराए ।
महिनाको डेढ लाख लाइसेन्स प्रिन्ट गर्दा अझै डेढ वर्ष प्रिन्ट गर्न समय लाग्ने बताए । आफूले मन्त्रालय सम्हालेपछि अलिकति सुधार गरी अघि बढेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
-
गाजामा इजरायलले गरेको हवाई हमलामा ६० जनाको मृत्यु
-
भौतिक र शहरी मन्त्रालयले गर्यो बैङ्कमा प्रविष्ट नभएका ५ हजार ७६७ आयोजनामा बजेट विनियोजन
-
भृकुटीमण्डपमा ग्लोबल कन्जुमर एक्स्पो, तस्बिरमा हेर्नुहोस्
-
महालेखाले भन्यो, ‘बैङ्कहरूले राखेनन् सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान खुल्ने विवरण’
-
विश्व पौडेललाई गभर्नर बनाउन नमिल्ने दाबीसहितको रिट दर्ता भएन, बिहीबार निर्णय हुने