बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

३ महिना भित्र ३ जना अभिकर्ताहरू एमडिआरटी बन्न सफल

शुक्रबार, ३० चैत २०८०, १३ : ४४
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सबाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरू एमडिआरटी – २०२५ बन्न सफल भएका छन् । कम्पनीको विभिन्न शाखामा आबद्ध रही कार्य गर्ने अभिकर्ताहरू शशीकला तामाङ, नेत्र बहादुर राउत र विमल न्यौपानेले तिन महिना भित्रै अभिकर्ताहरूको सर्वोच्च संस्था मिलियन डलर राउन्ड टेबल २०२५ मा छनौट हुन सफल भएका हुन् ।

एमडिआरटी–२०२५ को लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरूलाई कम्पनीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । एमडिआरटी – २०२५ को लक्ष्य पुरा गर्ने अभिकर्ताहरूले आगामी ९ महिना भित्र सिओटी (कोर्ट अफ द टेबल) र टिओटी (टप अफ द टेबल) को लक्ष्य समेत पुरा गर्ने गरी बिमा व्यवसायलाई अगाडी बढाउने धारणा व्यक्त गरेका थिए ।

एमडिआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सिओटी र ६ गुणा प्रिमियममा टिओटी छनौट हुने प्रावधान रहेको छ ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप