मुलुकलाई अहिलेको स्थितिबाट उठाउन पर्यटन क्षेत्रको विकास अपरिहार्य : मन्त्री तामाङ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताएका छन् । बिहीबार काठमाडौँमा जाऊँ हिँड रेसुङ्गा अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकलाई अहिलेको स्थितिबाट माथि उठाउन पनि पर्यटन क्षेत्रको विकास अपरिहार्य भएको बताए ।
उनले मुलुकलाई समुन्नत बनाउने आर्थिक आधारहरूमध्ये पर्यटनको क्षेत्र पनि एक भएको बताए । उनले पर्यटन क्षेत्रको विकासद्वारा नै रोजगारी सिर्जना, र मुलुक समृद्ध बनाउन सक्ने बताए । उनले बसाइसराइको प्रक्रियालाई पनि पर्यटकीय क्षेत्रको विकासद्वारा रोक्न सकिने बताए ।
मन्त्री तामाङले भने, ‘हाम्रो मुलुक अहिले जुन स्थितिबाट गुज्रिरहेको छ, हामीले मुलुकलाई समुन्नत बनाउनको निमित्त आर्थिक आधारहरूमध्ये पर्यटनको क्षेत्रलाई पनि एउटा महत्त्वपूर्ण आधारको रुपमा लिएका छौँ । पर्यटन क्षेत्रको विकासद्वारा नै हामीले रोजगारी सिर्जना गर्न सक्छौं र मुलुकलाई आर्थिक रूपबाट समृद्ध बनाउन सक्छौँ ।’
उनले भने, ‘अहिले जुन हिसाबले जनसमुदायको स्थानान्तरण जसरी हुने गरेको छ, त्यो स्थानान्तरणको प्रक्रियालाई पनि यस्तै पर्यटकीय क्षेत्रको विकासद्वारा मात्रै रोक्न सकिन्छ । जनसमुदायले आस मारेका ठाउँलाई पनि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सके त्यसबाट हामीले धेरै कुरालाई, विकास निर्माणका पूर्वाधारहरूलाई केन्द्रित गर्न सक्ने हो मुलुकमा एउटा खालको समृद्ध नेपालको निमित्त महत्त्वपूर्ण आधार बनाउन सकिन्छ ।’
मन्त्री तामाङले गाउँ गाउँमा विकास निर्माणका पूर्वाधारहरूलाई केन्द्रित गरी पर्यटकीय गन्तव्य बनाउन सके समृद्ध नेपालको महत्त्वपूर्ण आधार बन्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते