चितवनको भरतपुरमा फेसियल हाउसको नयाँ शाखा
चितवन । फेसियल हाउसले चितवनको भरतपुरस्थित सिजि ल्याण्डमार्कमा शाखा सञ्चालनमा ल्याएको छ । संघीय राजधानी काठमाडौंमा प्रमुख शाखा रहेको फेसियल हाउसले बुधबारदेखि चितवनमा शाखा सञ्चालनमा ल्याएको हो ।
यसअघि फेसियल हाउसले काठमाडौं मलसहित चावेलको केएल टावरमा सेवा सञ्चालन गरिरहेको छ । यसबाहेक पोखरा, सुर्खेत, धनगढी र हाल चितवनमा पनि फेसियल हाउसले सेवा दिइरहेको छ । यसैक्रममा फेसियल हाउसले नेपालमा नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्र्याएको छ ।
हेयर, ब्यूटी र स्किन केयरसँगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरु दिँदै आएको सञ्चालक सुस्मा महराले बताइन् । उनले चितवनका मानिसहरुले गुणस्तरीय सेवा खोज्न थालेपछ यस स्थानमा गुणस्तरीय सेवा प्रदान गराउने उदेश्यले फेसियल हाउसको शाखा खोलिएको बताइन् ।
फेसियल हाउसको भरतपुर शाखामा एकैपटक १५ जना भन्दा बढि सेवाग्राहीले सेवा लिन सक्नेछन् । फेसियल हाउसले ब्यूटीसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुप्रै सेवा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण