मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनको भरतपुरमा फेसियल हाउसको नयाँ शाखा

बुधबार, ०५ वैशाख २०८१, १६ : ०८
बुधबार, ०५ वैशाख २०८१

चितवन । फेसियल हाउसले चितवनको भरतपुरस्थित सिजि ल्याण्डमार्कमा शाखा सञ्चालनमा ल्याएको छ । संघीय राजधानी काठमाडौंमा प्रमुख शाखा रहेको फेसियल हाउसले बुधबारदेखि चितवनमा शाखा सञ्चालनमा ल्याएको हो ।

यसअघि फेसियल हाउसले काठमाडौं मलसहित चावेलको केएल टावरमा सेवा सञ्चालन गरिरहेको छ । यसबाहेक पोखरा, सुर्खेत, धनगढी र हाल चितवनमा पनि फेसियल हाउसले सेवा दिइरहेको छ । यसैक्रममा फेसियल हाउसले नेपालमा नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्र्याएको छ ।

हेयर, ब्यूटी र स्किन केयरसँगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरु दिँदै आएको सञ्चालक सुस्मा महराले बताइन् । उनले चितवनका मानिसहरुले गुणस्तरीय सेवा खोज्न थालेपछ यस स्थानमा गुणस्तरीय सेवा प्रदान गराउने उदेश्यले फेसियल हाउसको शाखा खोलिएको बताइन् ।

फेसियल हाउसको भरतपुर शाखामा एकैपटक १५ जना भन्दा बढि सेवाग्राहीले सेवा लिन सक्नेछन् । फेसियल हाउसले ब्यूटीसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुप्रै सेवा दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप