शुक्रबार, ११ जेठ २०८१
ताजा लोकप्रिय

जिन हेनरी डुनान्ट र रेडक्रसको स्थापना

शुक्रबार, ०७ वैशाख २०८१, ११ : ५१
शुक्रबार, ०७ वैशाख २०८१

चैत ९ (२०८०)बाट कक्षा ७ को वार्षिक परीक्षा सकिएर रिजल्टको प्रतीक्षामा थिएँ । चैत २६ र २७ गते बागमती प्रदेश रेडक्रसले आयोजना गरेको पाँचौँ सेमिनारमा सहभागी हुने मौका पाएँ । त्यहाँ रेडक्रससँग सम्बन्धित सिकेका र बुझेका कुरालाई लेख्ने कोसिस गरेकी छु । आशा छ, प्रतिक्रिया दिनुहुनेछ ।

अन्तर्राष्ट्रिय रेडक्रसका संस्थापक जिन हेनरी डुनान्टको जन्म १८२८ मे ८ का दिन स्विट्जरल्यान्डको जेनेभामा भएको थियो । उनी व्यापारका सिलसिलामा सन् १८५९ को जुनमा इटालीको सल्फेरिनो पुगेका थिए, त्यहीबेला इटाली र फ्रान्सका संयुक्त सेना र अस्ट्रियाबिच युद्ध भइरहेको थियो ।

त्यो युद्धमा करिब ६ हजार सैनिकको मृत्यु र ४० हजारभन्दा बढी सैनिक घाइते भएका थिए । यस्तो भयानक दृश्यदेखि डुनान्टले घाइतेहरूलाई तत्कालै सक्दो सेवा पु¥याए । सल्फेरिनोको यस दुःखद दृश्यबाट प्रभावित उनले सन् १८६२ मा फ्रेन्च भाषामा ‘सल्फेरिनोको सम्झना’ नामक पुस्तक लेखे । जसमा रणभूमिको यथार्थ वर्णन गर्नुका अतिरिक्त युद्धको समयमा सेनाको चिकित्सा सेवा अपर्याप्त हुने भएकाले घाइतेहरूको उद्धारका लागि हरेक देशमा स्वयंसेवी उद्धार संस्थाको स्थापना गर्नुपर्ने र यसका लागि एउटा अन्तर्राष्ट्रिय सम्झौता हुनुपर्ने सुझाव दिए ।

पुस्तकले धेरै मानिसको मनमा राम्रो प्रभाव पा¥यो । उनको विचारसँग सहमत हुने स्विट्जरल्यान्डका अरु सहयोगीसँग मिलेर डुनान्टले सन् १८६३ मा घाइतेका लागि अन्तर्राष्ट्रिय समिति स्थापना गरे । जसलाई अहिले रेडक्रसको अन्तर्राष्ट्रिय समिति भनिन्छ । साथसाथै युरोपेली देशहरूबाट राष्ट्रिय रूपमा रेडक्रसका सोसाइटीहरूको स्थापना सुरु भयो । पछि गएर सन् १९१९ मा लिग अफ रेडक्रस सोसाइटी गठन भयो । जसलाई अहिले रेडक्रसको महासङ्घ भनिन्छ ।

रेडक्रसका सात आधारभूत सिद्धान्त छन्—

१) मानवता ।

२) निष्पक्षता ।

३) तटस्थता ।

४) स्वाधीनता ।

५) स्वयंसेवा ।

६) एकता ।

७) विश्व व्यापकता ।

रेडक्रस चिह्न

युद्धका बेला सैनिक चिकित्सा सेवामा आइपर्ने समस्या समाधानको उपाय पत्ता लगाउने उद्देश्यले सन् १८६३ मा स्विट्जरल्यान्डको जेनेभामा एक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरियो । सो सम्मेलनबाट ‘सेतो पृष्ठभूमिमा समभुजाकार पाँचवटा चतुर्भुजबाट बनेको रातो क्रस’लाई संस्थाको साङ्केतिक चिह्न अर्थात् रेडक्रस चिह्न हुने निर्णय गरियो । घाइते सैनिकहरूको राहत कार्यमा संलग्न संस्थाहरूले यस चिह्नको प्रयोग गर्ने गरी ग्रहण गरियो । 

सन् १८६४ को प्रथम जेनेभा महासन्धिले रेडक्रस चिह्नलाई विशेष चिह्नका रूपमा आधिकारिक मान्यता दिएको हो ।

यसपालि सेमिनारमा सहभागी भई मैले आपतविपतमा परेकालाई मानवताका नाताले सकेको सहयोग गर्नुपर्ने रहेछ भन्ने बुझेकी छु । सिकाइसँगै अबका दिनमा सहयोगी भावना मनमा लिएर भेदभाव नगरी विपत्तिमा सहयोग गर्ने अठोट लिएकी छु ।

नेपाल रेडक्रस सोसाइटी

२०२० भदौ १९ गते (१९६३ सेप्टेम्बर ४) का दिन नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को स्थापना भएको । नेरेसो गैरनाफामूलक स्वयंसेवी संस्था हो र यसले मानवीय कार्य क्षेत्रमा सरकारको सहयोगी भूमिका खेल्छ ।

२०२० माघ २४ गते तत्कालीन सरकारद्वारा जेनेभा महासन्धिहरूमा सम्मिलित भएपछि प्रचलित कानुन अनुसार राष्ट्रभरि कार्य गर्ने गरी सरकारले नेरेसोलाई मान्यता दिएको थियो । नेरेसो अन्तर्राष्ट्रिय रेडक्रस अभियानको अभिन्न अङ्ग हो । 

नेपाल रेडक्रस सोसाइटीका प्रमुख आधार यसका सदस्य एवं स्वयंसेवक हुन् । संस्थाको सदस्य हुन चाहने १६ वर्ष उमेर पुगेका हरेक व्यक्तिलाई सदस्यता खुला रहेको हुन्छ । नेरेसो केन्द्र प्रदेश जिल्ला वा उपशाखा कार्यालयमा तोकिएको शुल्क बुझाएर सदस्यता लिन सकिने व्यवस्था छ ।

स्वरुपा (1)

नेपाल रेडक्रसका स्वयंसेवक भन्नाले मानवीय हितका लागि रेडक्रसका आधारभूत सिद्धान्त अनुरूप संस्थाको कुनै पनि निकायसँग आबद्ध भई वर्षको कम्तीमा ४० घन्टा स्वेच्छिक रूपमा जिम्मेवारी वहन गर्ने व्यक्तिलाई बुझाउँछ । सदस्यता प्राप्त गर्नु भनेको वैधानिक हैसियत प्राप्त गर्नु हो र स्वयंसेवक हुनु भनेको सेवा कार्यमा संलग्न हुनु हो । 

हरेक व्यक्ति नेरेसोको स्वयंसेवक वा सदस्य दुवै हुन सक्छन् । हाल नेरोसोमा कार्यकारी र कार्यक्रम स्वयंसेवक गरी एक लाखभन्दा बढी स्वयंसेवक क्रियाशील छन् ।

नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल

धर्म, वर्ण, लिङ्ग, वर्ग, जाति, राष्ट्रियता वा राजनीतिक विचारधाराका आधारमा भेदभाव नगरी मानवीय विपत्ति रोक्न वा कम गर्न प्रयास गर्ने नेपाल रेडक्रस सोसाइटीको उद्देश्य रहेछ । म सेवा गर्छु भन्ने मूल मन्त्रका साथ जुनियर तथा युवा रेडक्रसको स्थापना २०२१ फागुन २२ गते भएको हो ।

नेपाल रेडक्रसको अभिन्न अङ्गका रूपमा रहेको जुनियर तथा युवा रेडक्रस सर्कलमा किशोरकिशोरी तथा युवाहरू स्वयंसेवकका रूपमा नेतृत्वदायी भूमिकामा र लाभान्वितका रूपमा आबद्ध हँुदै आएका छन् । कक्षा ८ सम्म पढाइ हुने विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन गरिने र कक्षा १ देखि १२ सम्म वा ९ देखि १२ सम्म पढाइ हुने विद्यालयमा, विश्वविद्यालय वा समुदायमा युवा रेडक्रस सर्कल गठन गरिन्छ । जुनियर तथा युवा रेडक्रस सर्कलको कार्यसमितिको अवधि दुई वर्षको हुन्छ ।

अर्काे सिकाइको कुरा भयो रक्तदानबारे । रक्तदान भनेको जीवनदान हो । हाम्रो शरीरको रातो रक्तकण १२० दिनमा, सेतो रक्तकण केही घन्टामा र प्लेटलेट्स केही दिनमा मर्छ । हामीले रक्तदान गर्दा यी कुराको दान गर्छाैं । त्यसैले यसलाई मरेर जाने रगत दान गर्नु पनि भनिन्छ । यो तीन–तीन महिनाको अन्तरालमा १८ देखि ६५ वर्षसम्मका व्यक्तिले गर्न सक्छन् ।

रक्तदान गर्ने हो भने ४५ किलो तौल, होमोग्लोबिन न्यूनतम १२ ग्राम, रक्तचाप सामान्य, जटिल रोग नलागेको आदि हुनुपर्छ । त्यसै गरी महिलामा महिनावारी भएको आठ दिनसम्म, गर्भावस्थाका महिला, स्तनपान गराइरहेका महिलाहरू, लागुपदार्थ दुव्र्यसनीमा लागेका व्यक्तिहरू आदिले रक्तदान गर्न सक्दैनन् । पुरुषले ७६ मिलिग्रामसम्म रक्तदान गर्न सक्छन् भने महिलाले ६६ मिलिग्रामसम्म रक्तदान गर्न सक्छन् ।

रक्तदान गर्दा फाइदा पनि रहेछन् । रक्तदानले तनाव कम गर्छ, मुटुका लागि राम्रो हुन्छ, होमोग्लोबिनको स्तर ठिक हुन्छ, तौल व्यवस्थापन गर्छ । कसैले दान गरेको रगतलाई भण्डारण गरी चाहिएका व्यक्तिलाई दिन सकिन्छ । 

यसपालि सेमिनारमा सहभागी भई मैले आपतविपतमा परेकालाई मानवताका नाताले सकेको सहयोग गर्नुपर्ने रहेछ भन्ने बुझेकी छु । यसका साथै साइबर शिक्षा, मानसिक स्वास्थ्य, द चेन्ज मेकर अभियानका बारेमा समेत थाहा पाएँ । सिकाइसँगै अबका दिनमा सहयोगी भावना मनमा लिएर भेदभाव नगरी विपत्तिमा सहयोग गर्ने अठोट लिएकी छु । 

सेमिनारमा सहभागिताको अवसर दिनुहुने नेपाल रेडक्रस सोसाइटी मकवानपुरका प्रमुख लक्ष्मण भट्टराई, सदस्य पीताम्बर बास्तोला, कर्माचारी रामजी खतिवडा र मेरो विद्यालयका जुरेस शिक्षक नायक बालकुमार श्रेष्ठप्रति आभारी छु ।

अँ खुसीको कुरा त झन्डै भन्न बिर्सेकी मैले । तपाईंको वार्षिक परीक्षाको नतिजा सार्वजनिक भयो ? मेरो त भयो, म कक्षाबाट प्रथम भएँ । आमाबुबाले आशीर्वाद दिनुभयो । म धेरै खुसी छु । तपाईंहरूको पनि प्रगतिको कामना । ढिलै भए पनि नयाँ वर्ष २०८१ को शुभकामना । वर्ष १०८१ यहाँलाई शुभरहोस् ।

सिद्धार्थ माध्यमिक विद्यालय 

कक्षा ८

हेटौँडा मकवानपुर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

स्वरूपा गुरागाईं
स्वरूपा गुरागाईं
लेखकबाट थप