‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
काठमाडौँ । ‘डिग्री माइला’ पहिलो साता ५ करोड ५ लाख रुपैयाँ ग्रस कमाइ गर्दै दोस्रो सातामा प्रवेश गरेको छ । निर्माण युनिटले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै पहिलो साताको कलेक्सन सार्वजनिक गरेको हो ।
कार्यक्रममा फिल्मले काठमाडौँ उपत्यकामा २ करोड ५० लाख र उपत्यकाबाहिर २ करोड ५५ लाख रुपैयाँ ग्रस कमाइगरेको जानकारी दिइयो । फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेलले फिल्मको कमाइ आफूहरूले अपेक्षा गरेको भन्दा कम रहेको बताए । अपेक्षा कति गरिएको थियो त्यो भने उनले खुलाएनन् ।
‘हामीले फिल्मको आम्दानी कबड्डीको हाराहारी होला भनेर अनुमान गरेका थियौँ’, पोखरेलले भने, ‘त्यो हुन सकेन ।’
कार्यक्रममा अभिनेता दयाहाङ राईले फिल्मको आम्दानी मात्र नभएर प्रतिक्रिया पनि अपेक्षित नआएको बताए । फिल्मको कथा वाचन शैली फरक गर्न खोज्दा फिल्म दर्शकले खोज्ने जस्तो नभएको दयाहाङको भनाई थियो ।
कलाकार विजय बरालले डिग्री माइलाको अभिनयबाट आफू पूर्ण सन्तुष्ट नरहेको बताए ।
बाँसुरी फिल्मस् निर्मित फिल्मको निर्देशक रामबाबु गुरुङ हुन् । शैक्षिक बेरोजगारको विषयमा निर्माण भएको फिल्ममा दयाहाङ र विजयका साथै आँचल शर्मा, प्रकाश घिमिरे, बुद्धि तामाङ लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन