शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सुप्रिम सहकारी ठगी प्रकरण

दीपेश पुन र नवीन अछामी कारागार चलान

शुक्रबार, ०७ वैशाख २०८१, २० : २५
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । अदालतले तोकेको धरौटी नबुझाएपछि पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुनलाई कारागार चलन गरिएको छ । जिल्ला अदालतको आदेश अनुसार धरौटी नबुझाएपछि उनलाई थुनामा पठाइएको रुपन्देहीका एसपी रन्जीत सिंह राठौरले रातोपाटीलाई बताए । न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले उनीसँग ४ लाख धरौटी मागेको थियो ।

सुप्रिम सहकारीको निक्षेप हिनामिना प्रकरणमा पक्राउ परेका नवीन अछामीलाई पनि कारागार चलान गरिएको छ । अदालतले मागेको १० लाख धरौटी नबुझाएपछि उनलाई कारागारमा पठाइएको एसपी राठौरले जानकारी दिए ।

सहकारीको रकम अपचलनमा संलग्न फरार प्रतिवादीहरूलाई अदालतले ३५ दिने म्याद जारी गरेको छ । ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित १९ जनालाई पक्राउ पुर्जी (समाह्वान) जारी गर्ने आदेश भएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले रातोपाटीलाई बताए ।

शुक्रबार थुनछेक बहसपछि न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले ओम प्रकाश गुरुङलाई थुनामा पठाउन आदेश गरेको छ । अदालतले दुर्गा चापागाईं पाण्डे सँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापामगर सँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटी मागेको थियो । उनीहरू धरौटी बुझाएर छुटेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप