जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
काठमाडौँ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न फरार प्रतिवादीहरूलाई अदालतले ३५ दिने म्याद जारी गरेको छ । ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित १९ जनालाई पक्राउ पुर्जी (समाह्वान) जारी गर्ने आदेश भएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले रातोपाटीलाई बताए ।
जिल्ला सरकारी वकिल कार्यालयले सो प्रकरणमा २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो । शुक्रबार थुनछेक बहसपछि न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले ओम प्रकाश गुरुङलाई थुनामा पठाउन आदेश गरेको छ । अदालतले दिपेश कुमाार पुनसँग ४ लाख, नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईं पाण्डे सँग १८ लाख, दिपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापामगर सँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटी मागेको छ ।
कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश गर्दै अदालतले १९ जनालाई म्याद जारी गरेको हो । अदालतले गुल्मी घर भएका सागर केसी, कास्कीका सुरज श्रेष्ठ, सिन्धुलीका राजु बराल, ओखलढुंगाका भूपेन्द्र राई, ओखलढुंगाकै देवेन्द्र बावु राई, पर्साका धिरज कुमार दास, रुपन्देहीका अलि सिद्धिकी, कास्कीका बुद्धि गुरुङ, गोरखाका दिनेश रोका र बाँकेका आशिष आनन्दलाई म्याद जारी गरिएको छ ।
त्यस्तै, रुपन्देही घर भएका मजहर मोहम्मद, पाल्पा घर भएकी भगवती लिगल ढुंगाना, स्याङ्जाका मन प्रसाद गुरुङ, स्याङ्जाकै पौ बहादुर गुरुङ, पाल्पाका स्यान्ड्रिक राजभण्डारी, स्याङ्जाकै आशिष रानाभाट र इलाम घर भएकी कविता तामाङ र काठमाडौँ घर भएका नवीन अछामीविरुद्ध म्याद जारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण