‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन

मुम्बई । अभिनेता अर्शद वारसी मुख्य नायक बन्न मुम्बई आएका थिए । सुरुमा उनले केही चलचित्रमा मुख्य भूमिका पनि गरे तर उनलाई सफलता सहायक पात्रबाट मात्रै मिलेको थियो ।
सन् २००३ मा रिलिज भएको फिल्म ‘मुन्ना भाइ एमबीबीएस’ ले अर्शदलाई स्टार बनाएको थियो । यसमा सर्किटको भूमिकामा उनलाई निकै मन पराइएको थियो र वास्तविक जीवनमा पनि उनलाई फ्यानहरूले यही नामले बोलाउँछन् ।
तर के तपाईंलाई थाहा छ ‘मुन्ना भाइ एमबीबीएस’ मा अरशद वारसीको भूमिकाको वास्तविक नाम सर्किट होइन, खुजली थियो ? अर्शदले एक पटक अन्तर्वार्तामा यसको खुलासा गरेका थिए । उनले पात्रको नाम र पहिरन किन र कसरी परिवर्तन गरे भन्ने पनि बताए ।
अभिनेताले सर्किटको भूमिकाका लागि आफैँले धेरै सुधार र परिवर्तनहरू गरेको उनले बताए । प्रभु चावलालाई दिएको पुरानो अन्तर्वार्तामा अर्शदले भनेका थिए, ‘सर्किटको वास्तविक नाम खुजली थियो । उसको पहिरन र व्यवहार एकदमै फरक थियो। नाम सुन्ने बित्तिकै चिलाउने मात्रै हुन्छ जस्तो लाग्ने । यो भन्दा उसले के गर्न सक्छ र भन्ने लाग्ने ? जसले गर्दा सम्पूर्ण प्याकेज बिग्रन सक्थ्यो ।’
त्यसपछि अर्शदले फिल्मका निर्देशक राजकुमार हिरानीलाई क्यारेक्टरको नाम र पहिरन परिवर्तन गर्न अनुरोध गरे। उनले भने, ‘मैले गरेको यो पहिलो फिल्म (मुन्ना भाइ एमबीबीएस) मा मैले धेरै सुधार गर्नुपर्यो किनभने त्यतिबेला राजुलाई मेरो सेन्स अफ ह्युमरबारे थाहा थिएन । त्यसैले लगभग हरेक दृश्य ... र त्यहाँ केही दृश्यहरू छन् जहाँ सबै मैले गरेँ।’
सञ्जय दत्तले ‘मुन्ना भाइ एमबीबीएस’ मा मुन्नाको मुख्य भूमिका निभाएका थिए । यस फिल्मको सुटिङका क्रममा सञ्जय दत्त र अर्शदले निकै रमाइलो गरे र एकअर्कालाई साथ दिए । यो फिल्म सन् २००३ मा रिलिज भएको थियो र सुपरहिट साबित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशिक्षक रुबेन भन्छन्, ‘म्यानचेस्टर युनाइटेडले बर्खास्त गरे म क्षत्तिपूर्तिको दाबी गर्दिन’
-
सगरमाथा आरोही छत्यालको बढुवा, दर्ज्यानी चिन्ह प्रदान
-
जापान एयरलाइन्सको नेपालमा उडान सुरु गर्न जापानका परराष्ट्रमन्त्रीसँग आग्रह
-
सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग
-
सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी महिला प्रहरीलाई स्वागत गर्दा जे देखियो...
-
सेयर बजार १९ अङ्कले बढ्यो, बैङ्किङ समूहमा रौनक