शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीका अर्थमन्त्रीको पहिलो निर्णय : अर्को वर्ष लगानी सम्मेलन गर्ने

आइतबार, ०९ वैशाख २०८१, १९ : ०३
आइतबार, ०९ वैशाख २०८१

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त अर्थमन्त्री हरिबहादुर चुमानले अर्को वर्ष लगानी सम्मेलन गर्ने टिप्पणीमा हस्ताक्षर गरेका छन् । आइतबार मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले आउँदो वर्ष गण्डकीमा लगानी सम्मेलन गर्ने निर्णय गरे । 

उनले शनिबार अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

उनले सम्मेलनको अध्ययन गर्न कार्यदल समेत गठन गरेका छन् । अर्थ मन्त्रालयका सचिव बलराम रिजालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो । चुमानले प्रदेशमा औद्योगिक पूर्वाधार विकासमा सरकारले जोड दिने बताए । प्राविधिक कमजोरीलाई टेकेर रातोकिताबका योजना कार्यान्वयन नहुने वातावरण सिर्जना नगर्न कर्मचारीसँग उनको आग्रह छ ।

आगामी आर्थिक वर्षमा परम्परागत बजेट खर्च गर्ने शैलीमा सुधार गर्ने प्रतिबद्धता जनाए । अहिले प्रदेशको पुँजीगत खर्चको अवस्था चिन्ताजनक छ । हालसम्म २९ प्रतिशत बजेट मात्रै खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप