सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायली सेनाका इन्टेलिजेन्स प्रमुखले दिए राजीनामा

सोमबार, १० वैशाख २०८१, १६ : १३
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । इजरायलको मिलिटरी इन्टेलिजेन्स प्रमुख अहारून हलिभाले राजीनामा दिएका छन् । अक्टोबर २०२३ मा इजरायलमा हमासको आक्रमणपछि राजीनामा दिने हलिभा पहिलो इजरायली अधिकारी हुन् । गत वर्ष उनले सुरक्षा व्यवस्थामा चूकका लागि आफू जिम्मेवार रहेको स्वीकार गरेका थिए ।

सुरक्षामा लापरबाहीका कारण मात्रै आक्रमण हुनसक्ने उनको भनाइ थियो । अक्टोबर ७ मा भएको यो हमलामा १ हजार २०० भन्दा बढी इजरायली मारिएका थिए भने सयौँ इजरायली नागरिकलाई हमासले अपहरण गरेको थियो ।

नयाँ गुप्तचर प्रमुखमा नियुक्त भएपछि आफूले पद छाड्ने इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा मेजर जनरल अहारोन हलिभाले बताएका छन् । हलिभाको राजीनामापछि इजरायली सेनाका अन्य कयौँ उच्च अधिकारीहरूले पनि राजीनामा दिन सक्ने विश्लेषण गर्न लागिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप