राजनीति
उपेन्द्र यादवको पार्टी विभाजन, अशोक राईको नेतृत्वमा नयाँ पार्टी बन्ने
आइतबार, २३ वैशाख २०८१, १६ : ५५
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन हुने भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने भएको हो ।
नयाँ दल आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिएको छ । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ ।
विभाजनको पक्षमा ८ जना सांसद उभिएको स्रोतको दाबी छ । यसमध्ये सात जनाले हस्ताक्षर गरिसकेका छन् । यसमा राईसहित प्रदीप यादव, सुशीला श्रेष्ठलगायत छन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने हाल अमेरिकाको भ्रमणमा रहेका छन् । उनी आज राति नेपाल फर्कने कार्यतालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण