फेरि बढ्यो अण्डाको मूल्य
काठमाडौँ । नेपाल लेयर कुखुरापालक संघले अण्डाको मूल्य घटाएको साता दिन नपुग्दै मूल्यमा वृद्धि गरेको छ ।
संघको आइतबार बसेको बैठकले सोमबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । बैठकले देशभर अण्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको छ ।
संघका सचिव मदन चिरञ्जीवी पोखरेलका अनुसार नयाँ मूल्य मिडियम साइजको अण्डा प्रतिक्रेट ३५० रुपैयाँ पर्नेछ । यस्तै, ठुलो अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ४१० रुपैयाँ पर्नेछ ।
किसानले लागत उठाउन नसकेकाले मूल्य बढाएको पोखरेलको भनाई छ । ‘किसानले दाना खुवाउन सक्दैनन्, गर्मीले ५० प्रतिशत उत्पादन कम छ,’ उनले भने, ‘माग बढी छ उत्पादन कम छ, त्यसकारण अण्डाको मूल्य बढेको हो ।’
उनका अनुसार देशभर दैनिक १८ देखि २० हजार गोटा उत्पादन हुने अण्डा हाल १२ देखि १३ हजार अण्डा गोटा उत्पादन भइरहेको छ ।
संघले वैशाख २० गते प्रतिक्रेट ३३० रुपैयाँ मूल्य निर्धारण गरेको थियो । यस्तै, ठुलो अण्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ पर्ने जनाएको थियो ।
यसअघि संघले मध्यम अन्डाको प्रतिक्रेट ३७५ रुपैयाँ, ठुलो अण्डाको प्रतिक्रेट ३९० रुपैयाँ र सबैभन्दा ठुलो अण्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ निर्धारण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण