आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?

आइतबार, २३ वैशाख २०८१, २२ : २१
आइतबार, २३ वैशाख २०८१

बुटवल । लुम्बिनी प्रदेश सरकारले बुटवलमा रहेको मुख्यमन्त्रीको आवास हटाउने निर्णय गरेको छ । आइतबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को नियमित बैठकले मुख्यमन्त्रीको आवासको रूपमा प्रयोग गरिएको भवन सम्बन्धित कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो । 

प्रदेश सरकार स्थापना भएदेखि राजश्व अनुसन्धानको कार्यालयको भवनमा मुख्यमन्त्रीको आवास सञ्चालन हुँदै आएको थियो । सो भवन सरकारले मासिक करिब दुई लाख रुपैयाँ बुझाउने गरी भाडामा लिएको थियो । बुटवलमा रहेको प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरीमा सरे पनि मुख्यमन्त्रीको आवास  बुटवलमै यथावत् थियो ।  

मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको बैठकले राजनीतिक समिति, प्रशासन तथा विधेयक समिति, आर्थिक तथा योजना मामिला समिति समेत गठन गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले जानकारी दिए ।

बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री दिनेश पन्थीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि विभागीय मन्त्री नियुक्त नहुँदासम्म सरकारको प्रवक्ताको जिम्मा मन्त्री पुनलाई दिइएको थियो  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप