कांग्रेस नेता कोइराला र मुख्यमन्त्री कार्कीबिच भेटवार्ता
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र नेपाल कांग्रेस नेता डा. शेखर कोइरालाबिच भेटवार्ता भएको छ ।
कोशी प्रदेश सरकारको विषयलाई लिएर दुई जनाबिच काठमाडौँस्थित कोइरालाको सचिवालय विशालनगरमा भेट भएको हो ।
भेटका क्रममा कार्की नेतृत्वको सरकार टिकाउन अधिकतम पहल गर्ने दुई नेताबिच कुरा भएको छलफलमा सहभागी कांग्रेसका केन्द्रीय सदस्य तथा शेखर कोइरालाका निकटस्थ नेता गोविन्द पोखरेलले बताए ।
‘मध्यावधिमा जानु हुन्न भन्ने निष्कर्ष दुवै नेताको छ । सरकार जोगाउन विभिन्न विकल्पमा जाने कुराकानी भयो,’ पोखरेलले भने, ‘मध्यावधिमा नजाने तर, सरकार टिकाउनका लागि थप कानुनी परामर्श गरौँ भन्ने कुरा भएको छ ।’
केही दिन अगाडि कोशी प्रदेशको सरकार टिकाएर जाने विषयमा नेता कोइरालाले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव राखेका थिए । जवाफमा ओलीले भने संघीय सरकारको गठबन्धन अर्को भएको अवस्थामा प्रदेशमा अर्को हुन नसक्ने जवाफ दिएका थिए ।
‘कोशीको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी भएको हो । उहाँले गठबन्धन एउटा छ अर्कोतिर गर्नुपर्छ भनेर सकारात्मक जवाफ दिनुभएन,’ पोखरेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण