आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस नेता कोइराला र मुख्यमन्त्री कार्कीबिच भेटवार्ता

कोशीको सरकार टिकाउन अधिकतम पहल गर्नेबारे छलफल
आइतबार, २३ वैशाख २०८१, १८ : ११
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र नेपाल कांग्रेस नेता डा. शेखर कोइरालाबिच भेटवार्ता भएको छ । 

कोशी प्रदेश सरकारको विषयलाई लिएर दुई जनाबिच काठमाडौँस्थित कोइरालाको सचिवालय विशालनगरमा भेट भएको हो । 

भेटका क्रममा कार्की नेतृत्वको सरकार टिकाउन अधिकतम पहल गर्ने दुई नेताबिच कुरा भएको छलफलमा सहभागी कांग्रेसका केन्द्रीय सदस्य तथा शेखर कोइरालाका निकटस्थ नेता गोविन्द पोखरेलले बताए । 

‘मध्यावधिमा जानु हुन्न भन्ने निष्कर्ष दुवै नेताको छ । सरकार जोगाउन विभिन्न विकल्पमा जाने कुराकानी भयो,’ पोखरेलले भने, ‘मध्यावधिमा नजाने तर, सरकार टिकाउनका लागि थप कानुनी परामर्श गरौँ भन्ने कुरा भएको छ ।’

केही दिन अगाडि कोशी प्रदेशको सरकार टिकाएर जाने विषयमा नेता कोइरालाले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव राखेका थिए । जवाफमा ओलीले भने संघीय सरकारको गठबन्धन अर्को भएको अवस्थामा प्रदेशमा अर्को हुन नसक्ने जवाफ दिएका थिए । 

‘कोशीको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी भएको हो । उहाँले गठबन्धन एउटा छ अर्कोतिर गर्नुपर्छ भनेर सकारात्मक जवाफ दिनुभएन,’ पोखरेलले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप