काठमाडौँ । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषाकारुपमा लागू भएका छन् । प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाकारुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।
_YJkrqorGYG.jpg)
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारको कामकाजको भाषाकोरुपमा प्रयोग गर्नु उपयुक्त देखिएको बताए ।
_EZM7oXRsr4.jpg)
सोमबार काठमाडौँमा विशेष समारोहका बिच प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सरकारी कामकाजको भाषा घोषणा गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
_VdXwpDcQ6S.jpg)
प्रदेश मन्त्रिपरिषद्को वैशाख १२ गतेको निर्णयबमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोमबार काठमाडौँ महानगरपालिकाले पनि महानगर मातहतका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
_nGB6WrFxox.jpg)
_YkzuJ3YSTB.jpg)
_u8PE7wQm0s.jpg)
_4zpwhN4LWP.jpg)
_74u735s49y.jpg)
_02xeMfWFl3.jpg)
_Xtyf1KY0rO.jpg)
_xJZpyi7fxo.jpg)
_EU2tpE56Fh.jpg)
_w3SxY55sZV.jpg)
_JnqkWkcvtZ.jpg)
_hEOqA2v2cD.jpg)
_TMSCnczvq0.jpg)
_OGVnQ8eGIz.jpg)
_HqFaBC9dJb.jpg)
_EdUXDBVkop.jpg)
_GfwNjZnRTQ.jpg)
_8C3FltchxP.jpg)
प्रतिक्रिया