आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
नेपाल र तामाङ भाषा आजदेखि सरकारी कामकाजको भाषा, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

नेपाल र तामाङ भाषा आजदेखि सरकारी कामकाजको भाषा, तस्बिरमा हेर्नुहोस्

सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषाकारुपमा लागू भएका छन् ।  प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाकारुपमा प्रयोग गर्ने निर्णय गरेको हो । 

nepal bhasa (1)

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारको कामकाजको भाषाकोरुपमा प्रयोग गर्नु उपयुक्त देखिएको बताए ।

nepal bhasa (2)

सोमबार काठमाडौँमा विशेष समारोहका बिच प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सरकारी कामकाजको भाषा घोषणा गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । 

nepal bhasa (3)

प्रदेश मन्त्रिपरिषद्को वैशाख १२ गतेको निर्णयबमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोमबार काठमाडौँ महानगरपालिकाले पनि महानगर मातहतका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

nepal bhasa (4)nepal bhasa (5)nepal bhasa (6)nepal bhasa (7)nepal bhasa (8)nepal bhasa (9)nepal bhasa (10)nepal bhasa (11)nepal bhasa (12)nepal bhasa (13)nepal bhasa (14)nepal bhasa (15)nepal bhasa (16)nepal bhasa (17)nepal bhasa (18)nepal bhasa (19)nepal bhasa (20)nepal bhasa (21)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया