डेब्यु फिल्मको कार्यक्रममा दिलीपकी छोरी दिव्याले भनिन्, ‘अब यो मेरो कर्मभूमि हो’
काठमाडौँ । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या फिल्म ‘एक्टर’बाट अभिनेत्रीको रूपमा डेब्यु गर्दै छिन् । फिल्मको मङ्गलवार एक कार्यक्रमकाबीच शुभ मुहूर्त भएको छ ।
मुहूर्त कार्यक्रममा उनी पनि सहभागी थिइन् । कार्यक्रममा फिल्मका लागि आफू निकै उत्साहित रहेको उनले बताइन् । दिव्या लामो अमेरिका बसाइपछि नेपाल आएकी हुन् । नेपाल फर्किएको विषयमा उनले भनिन्, ‘जन्मभूमिलाई कर्मभूमि बनाउन मन थियो । त्यसैले फर्किएँ ।’
‘मलाई बच्चादेखि नै फिल्ममा अभिनय गर्ने मन थियो’, उनले भनिन्, ‘पहिले देखिनै यसका लागि विभिन्न तयारी गरेकी छु ।’ अमेरिकामा रहँदा आफूले अभिनयका विभिन्न विधा समेत सिकेको उनले खुलाइन् ।
फिल्ममा दिव्या अभिनेता प्रदीप खड्काको जोडीको रूपमा देखिँदै छिन् । फिल्म ‘प्रेमगीत’ फिल्म हेरे देखिनै आफू प्रदीपको फ्यान भएको बताएकी उनले भनिन्, ‘प्रदीपसँग जोडी बाँध्न पाउनु गर्भको कुरो हो ।’
हुन त दिव्याको यसअगाडि पनि फिल्ममा डेब्युको कुरो आएको थियो । तर हुन सकेन । आफूलाई पहिले देखिनै फिल्मको अफर आए पनि डेब्युको अवसर भने ‘एक्टर’बाट जुरेको उनको धारणा थियो ।
‘फिल्ममा आफू पोखराकी एक युवतीको भूमिकामा देखिन लागेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व उच्च रक्तचाप दिवसको अवसरमा जनचेतनाका लागि नोवेलको प्रभातफेरी
-
‘दर्शन सलाम’का साहिमा र डेबिट उत्कृष्ट
-
अभ्यास खेलमा भोलक्यानोजसँग नेपाल ६७ रनले पराजित
-
नदीजन्य पदार्थको ठेक्का अधिकार स्थानीय तहबाट खोसेर वन कार्यालयलाई दिने तयारी
-
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
-
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट