शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै

बिहीबार, १३ वैशाख २०८१, ०९ : २९
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुँदैछन् । अधिकारी दक्षिण एसियाकै प्रथम कम्युनिस्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्षका रूपमा चिनिन्छन् । 

अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौँको गोठाटारमा हृदयाघातबाट निधन भएको थियो । एमालेको ९ महिने सरकारको नेतृत्व गरेका अधिकारीकै कार्यकालमा वृद्ध भत्ता, सामाजिक सुरक्षाका कार्यक्रम, ‘आफ्नो गाउँ, आफैँ बनाऊँ’ जस्ता अभियान सुरु भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप