शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

शनिबार, २२ वैशाख २०८१, १७ : ४०
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान लागेको नेपाली क्रिकेट टोलीका सबै सदस्यहरूलाई सफलताको कामना गरेका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपतिबाट शनिबार विश्वकप क्रिकेट खेल्न जान लागेको नेपाली क्रिकेट टोलीका सबै सदस्यहरूलाई सफलताको  हार्दिक शुभकामना व्यक्त गरिएको राताेपाटीलाई जानकारी दिए ।

नेपाल क्रिकेट संघ (क्यान) ले अर्को महिना अमेरिका र वेस्टइन्डिजमा हुने आईसीसी टी-२० विश्वकप खेल्ने टोलीको बिदाइ गरिसकेको छ । विश्वकप २ जुनदेखि २९ सम्म हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप