पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके

मड्रिड । आफ्नी पत्नीविरुद्ध अदालतले प्रारम्भिक अनुसन्धान सुरु गरेपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नो सार्वजनिक काम रोकेका छन्। यस अवधिमा उनले पदमा निरन्तरता दिने कि रोक्ने भन्ने बारे पनि विचार गर्नेछन्।
प्रधानमन्त्री पेड्रो सान्चेजले एक विज्ञप्तिमा भनेका छन्, ‘मैले सरकारको नेतृत्व गरिरहने र यो सम्मानित पद छाड्ने कि नछाड्ने भन्ने निर्णय गर्न आवश्यक छ।’
अदालतले बेगोना गोमेजविरुद्ध भ्रष्टाचारको आरोपमा अनुसन्धान गरिरहेको बताएको छ।प्रधानमन्त्री सान्चेजले आफ्नी श्रीमतीले अदालतमा आफ्नो सम्मान र कामको रक्षा गर्ने बताएका छन् । बेगोना गोमेजविरुद्ध भ्रष्टाचारविरोधी अभियन्ता मानोस लिम्पियासले उजुरी गरेका थिए । उनी हालैका वर्षहरूमा धेरै हाइप्रोफाइल अदालतका मुद्दाहरूका हिस्सा रहेका छन्।
स्पेनका प्रधानमन्त्रीले आफूले आफ्नो भविष्यको निर्णय मे २९ मा सञ्चारमाध्यममा प्रस्तुत गर्ने बताएका छन् । ट्विटरमा पोस्ट गरिएको लामो वक्तव्यमा सान्चेजले उनी र उनकी श्रीमतीलाई राजनीतिक र व्यक्तिगत रूपमा कमजोर पार्ने उद्देश्यले महिनौँसम्म ‘उत्पीडनको रणनीतिहरू’ को शिकार बनाइएको गुनासो गरे ।
यता अदालतले बेगोना गोमेजमाथि लगाइएको आरोपबारे विस्तृत जानकारी दिएको छैन।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमतीले गण्डकी प्रदेशलाई हरायो
-
भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा
-
ऐन परविर्तन गरेरै गुठीपीडितको समस्या समाधन गर्ने प्रतिबद्धता
-
एनआरएनए सचिवालयलाई सर्वोच्चको चेतावनीयुक्त पत्र, ५ दिनभित्र आदेश कार्यान्वयन गर्न अल्टिमेटम
-
पाटन क्याम्पसको स्ववियु निर्वाचनबाट अलग हुने अनेरास्ववियुको घोषणा
-
सिंहदरबारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बैठक, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निर्देशन