ठमेलको होटलमा किशोरी बलात्कृत, आरोपी फरार
शनिबार, २२ वैशाख २०८१, १५ : २१

काठमाडौँ । काठमाडौँको ठमेलस्थित एक होटलमा किशोरीमाथि बलात्कार भएको छ । सञ्चयकोश भवन नजिकैको होटलमा १९ वर्षीया किशोरीलाई दोलखा घर भएका एकजना पुरुषले बलात्कार गरेका हुन् ।
बलात्कारमा संलग्न आरोपी दोलखा घर भएका विदुर शर्मा फरार छन् । उनीविरुद्ध पीडितले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएकी छन् । ४५ वर्षीय शर्माको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
वैशाख १९ मा जागिर लगाइदिने प्रलोभन देखाएर होटलमा लगेर आफूलाई बलात्कार गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् । आरोपी नेकपा एमाले दोलखाको जिल्ला अधिवेशनमा उपसचिव पदमा पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेत बोल्दै गर्दा सुर्य थापाको नियमापत्ति
-
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ– सांसद गिरी
-
८४ प्रतिशत पुरुषहरू यौन सम्बन्ध राखे पनि सन्तुष्ट छैनन् : अध्ययन
-
राक्सिराङबाट २ थान पेस्तोल र गोलीसहित एक जना पक्राउ
-
सदनभित्र पलेँटी कसेर बसे रास्वपाका सांसद्, तस्बिरमा हेर्नुहोस्
-
सम्पर्कविहीन बनेका डाक्टरको चाबहिल क्षेत्रमा खोजी गरिँदै