ठमेलको होटलमा किशोरी बलात्कृत, आरोपी फरार
शनिबार, २२ वैशाख २०८१, १५ : २१
काठमाडौँ । काठमाडौँको ठमेलस्थित एक होटलमा किशोरीमाथि बलात्कार भएको छ । सञ्चयकोश भवन नजिकैको होटलमा १९ वर्षीया किशोरीलाई दोलखा घर भएका एकजना पुरुषले बलात्कार गरेका हुन् ।
बलात्कारमा संलग्न आरोपी दोलखा घर भएका विदुर शर्मा फरार छन् । उनीविरुद्ध पीडितले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएकी छन् । ४५ वर्षीय शर्माको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
वैशाख १९ मा जागिर लगाइदिने प्रलोभन देखाएर होटलमा लगेर आफूलाई बलात्कार गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् । आरोपी नेकपा एमाले दोलखाको जिल्ला अधिवेशनमा उपसचिव पदमा पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण