आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु

बिहीबार, १३ वैशाख २०८१, १६ : ११
बिहीबार, १३ वैशाख २०८१

बिहार । भारतको बिहारको राजधानी पटनामा भीषण आगलागीमा परेर ६ जनाको मृत्यु भएको छ । ७ जना गम्भीर घाइतेको पटनाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

पटना सिटीका एसपी चन्द्र प्रकाशले भीषण दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । मृत्यु हुनेमा तीन महिला र तीन पुरुष रहेका छन् । पटना स्टेशन नजिकै रहेको पाल होटल कम रेष्टुरेन्टमा आगलागीको कारण सिलिन्डर विस्फोट भएको बताइएको छ । प्रहरीका अनुसार दुई जनाको घटनास्थलमै र चार जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

पटना स्टेसन नजिकै रहेको पाल होटलमा लागेको आगोलाई नियन्त्रणमा लिन दमकल टोलीले निकै मेहनत गर्नुपरेको थियो । आगो निभाउन दमकलका धेरै गाडीलाई घण्टौँ समय लागेको थियो । घटनालगत्तै अग्नि नियन्त्रण विभागकी डीजी शोभा अहोटकर पनि घटनास्थल पुगेकी थिइन् । आसपासका क्षेत्रमा तीव्र हावा चलिरहेको थियो । 

आगलागी आसपासका क्षेत्रमा फैलिन नदिन सावधानीका रूपमा बिजुली काटिएको थियो । होटलमा आगलागीपछि ४५ जनाको उद्धार गरी बाहिर निकालिएको छ भने ३८ जनाको पटनाको पीएमसीएच उपचार भइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप