सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

१५२१ मत गन्दा इलाम–२ मा एकीकृत समाजवादीसहित ५ उम्मेदवारको शून्य मत

आइतबार, १६ वैशाख २०८१, १५ : १३
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा शनिबार भएको उपनिर्वाचनमा आइतबारदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ । निर्वाचन आयोगका अनुसार १५२१ मत गन्दा एकीकृत समाजवादीसहित ५ जना उम्मेदवारले शून्य मत पाएका छन् । एकीकृत समाजवादीका जीत बहादुर राईले शून्य मत पाएका हुन् । 

यस्तै उम्मेदवारहरू धनराज राना मगर, जयवन्त विक्रम शाह, डाक प्रसाद गौतम र मनोज निरौलाले शून्य मत पाएका हुन् । 

यस्तै राप्रपाका लक्ष्मी गुरुङले ४ मत पाउँदा ६५७ मतसहित कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता बनाएका छन् । 

यस्तै उनको पछिपछि एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ५३४ मतका साथ रहँदा तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले १८७ मत पाएका छन् । यस्तै रास्वपाका मिलन लिम्बुले ११५ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप