सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा शहिद प्रतिष्ठान गठन, मधु अधिकारीको नेतृत्वमा बन्यो कार्यसमिति

आइतबार, १६ वैशाख २०८१, २० : ५७
आइतबार, १६ वैशाख २०८१

पोखरा । गण्डकी प्रदेशमा शहिद प्रतिष्ठान गठन भएको छ । प्रतिष्ठान नेपालको शाखा संस्थाका रुपमा गण्डकीमा विस्तार भएको हो । 

भेलाले लमजुङकी मधुमाया अधिकारीको नेतत्वमा कार्यसमिति गठन गरेको छ । उपाध्यक्षमा कास्कीकी तेजु पौडेल, सचिवमा गोरखाका लोकप्रशाद वन्जरा र कोषाध्यक्षमा नवलपुरकी दमयन्ती रुचाल छिन् ।

अध्यक्ष अधिकारी यसअघिको कार्यकालमा गण्डकी प्रदेश सरकारको मन्त्री थिइन् भने पौडेल पूर्व सांसद हुन् । बन्जारा भीमसेन थापा गाउँपालिकाका अध्यक्ष हुन् भने रुचाल हालको प्रदेश सांसद हुन् । 

सदस्यहरुमा तनहुँकी सर्वदा खनाल, पर्वतका ज्ञानेन्द्र प्रसाद शर्मा चापागॉई र बागलुङका श्यामकुमार विक छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप