बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

काभ्रेको जंगलमा अधिवक्ता मृत फेला

सोमबार, १७ वैशाख २०८१, १४ : ०२
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । काभ्रेको पनौती नगरपालिका–५ स्थित चौकोट जंगलमा अधिवक्ता मृत अवस्थामा भेटिएका छन् । ओखलढुंगा घर भएर बानेश्वर बस्ने हरिशंकर दाहाल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले रातोपाटीलाई बताए ।

रुखमा पासो लागेको अवस्थामा भेटिएको शव निकालेर प्रहरीले पोष्टमार्टम गर्न धुलिखेल अस्पतालमा पठाएको छ । अधिवक्ता दाहाल शुक्रवारदेखि परिवारको सम्पर्कमा थिएनन् । उनी परिवारसँग बानेश्वरमा बस्दै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप