फ्राईडे रिलिज : देशभर ‘मनसरा’
काठमाडौँ । आज शुक्रबारबाट फिल्म ‘मनसरा’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो ।
यद्यपि, देशभरका हल ‘मनसरा’ले मात्र पाएको छैन । गत साता प्रदर्शनमा आएको ‘बोक्सीको घर’ र गत वर्षको चैत्रमा रिलिज भएको ‘महाजात्रा’ले अझै धेरै स्टेसन कब्जा जमाएर बसेको छ, भने एक हलिउड फिल्म ‘द फल गाइ’ पनि आएको छ । यो फिल्मले पनि केही स्टेसन पाएको छ ।
‘मनसरा’ उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म हो । दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको अभिनय रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।
विष्णुकुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ फिल्मका सहनिर्माता हुन् । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ ।
फिल्मले एकल महिला र निसन्तान पुरुषबिचको कथा बोल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण