शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
कलाकार

‘अब मेरो परिचय ‘मैतबहादुर’ हुन्छ’

शनिबार, २२ वैशाख २०८१, १३ : १३
शनिबार, २२ वैशाख २०८१

प्रदीप खड्का नेपाली फिल्मका वर्तमान समयका सुपरस्टार हुन् । ‘प्रेमगीत’बाट अभिनेताको रूपमा पहिचान बनाएका खड्का नेपाली फिल्म बलिउडसम्म पुर्‍याउन सफल छन् । उनको फिल्म ‘प्रेम गीत ३’ बलिउडमा रिलिज भएको थियो ।

पछिल्लो समय फिल्म ‘प्रकाश’ अभिनयबाट समीक्षागत रूपमा पनि चर्चा कमाएका उनी करिब ४ वर्षपछि ‘पूजार सार्की’ मार्फत दर्शक माझ आएका छन् । फिल्म समीक्षागत र व्यावसायिक दुवै रूपमा सफल हुने उनको अपेक्षा छ । ‘पूजार सार्की’मा अहिलेसम्मकै फरक र स्वतन्त्र क्यारेक्टर निर्वाह गरेको उनी बताउँछिन् । यिनै अभिनेता प्रदीप खड्कालाई रातोपाटीले राखेको केही प्रश्न ।

  • पछिल्लो समय के–केमा व्यस्त हुनुहुन्छ ?

–फिल्म ‘पूजार सार्की’ र ‘एक्टर’ले गर्दा म अहिले दुई सेड्युलमा काम गरिरहेको छु । एउटा ‘एक्टर’को वर्कसप चलिरहेको छ, भने अर्को ‘पूजार सार्की’को प्रमोसन को चटारो छ । बिहानदेखि ३ बजेसम्म वर्कसपमा बस्छु । ३ बजेपछि राति ९ बजेसम्म प्रचारप्रसारमा हिँडिरहेको छु ।

  • कस्तो भइरहेको फिल्मको प्रचार ?

–हामीले सक्दो प्रचार गरिरहेका छौँ । मिडियामा अन्तर्वार्तामार्फत फिल्म बन्नुको कारण, फिल्मको विषयवस्तु र फिल्म हेर्नुपर्ने कारण हामीले प्रचार प्रसारमा भनिरहेका छन् । अब केही दिनमा फिल्मको ट्रेलर रिलिज हुँदैछ । त्यसपछि प्रचारको अन्य तरिकामा हामी जान्छौँ ।

फिल्ममा मेरो भूमिका ‘मैतबहादुर’को छ । त्यो एकदमै स्वतन्त्र पात्र हो । स्वतन्त्रता धेरै भयो भने त्यसले सदुपयोग गर्छ कि दुरुपयोग भन्ने मेरो भूमिकाले बुझाउँछ ।
  • फिल्मको प्रचारमा भूमिका सस्पेन्स राखिएको छ नि ?

–दर्शकलाई हलमा फिल्म हेर्दा झनै धेरै मज्जा दिने उद्देश्यले पनि सस्पेन्स राखिएको हो । फिल्मको विषय जातीय विभेदमा आधारित छ । फिल्मका केही क्यारेक्टर शास्त्र र कोही शस्त्र लिएर लड्छन् । मेरो भूमिका लुकाउनु भएको दर्शकमा फिल्म प्रति उत्सुकता जगाउनु पनि हो ।

  • फिल्मको पोष्टरमा ‘मैतबहादुर’ चरित्र भनेर सार्वजनिक गरिएको थियो, हैन र ?

–फिल्ममा मेरो भूमिका ‘मैतबहादुर’को छ । त्यो एकदमै स्वतन्त्र पात्र हो । स्वतन्त्रता धेरै भयो भने त्यसले सदुपयोग गर्छ कि दुरुपयोग भन्ने मेरो भूमिकाले बुझाउँछ । फिल्ममा मैले पाएको ‘मैतबहादुर’ चरित्र एकदमै राम्रोसँग निर्वाह गरेको छु । मेरो चरित्र प्रत्येक मानिसले कहीँ न कहीँ आफूसँग भेट्न सक्छन् ।

  • ‘प्रेम गीत’ अभिनयपछि तपाईंको परिचय प्रेम बन्यो । त्यसपछिका फिल्मले छाप छोड्न नसकेकै हो । यो फिल्मले नयाँ परिचय देला त ? 

– त्यो हो । फिल्म ‘प्रेम गीत’ पछि पनि मैले धेरै फिल्ममा फरक फरक भूमिका निर्वाह गरेँ । फिल्म रुचाइयो । तर चरित्रले मेरो परिचय फेर्न सकेन । ‘पूजार सार्की’मा मैले ‘मैतबहादुर’को चरित्र निर्वाह गरेको छु । जुन फिल्म रिलिजपछि धेरैले मलाई यही नामले बोलाउँछन् भन्ने विश्वास हो । फिल्ममा त्यो चरित्रले जतिको इन्जोय गरेको छ, मैले पनि अभिनय सिलसिलामा त्यतिकै इन्जोय गरेको थिए । दर्शकले त्योभन्दा पनि इन्जोय गर्छन् । यो मेरो विश्वास हो ।

pradeep khadka

  • यस अगाडिमा फिल्मभन्दा भिन्न के छ ?

–मैले गाउँले परिवेशका, आफ्नै गाउँ ठाउँमा देखिने व्यक्तिहरूको भूमिका फिल्ममा कम गरेको छु । पहिले अलि फिक्सन क्यारेक्टरमा बढी फोकस भए । फिल्म ‘प्रकाश’बाट गहन भूमिकाको सुरुवात भयो । प्रकाशको क्यारेक्टर दबिएको, हत्तपत्त बोल्न नसक्ने, आफ्नो कुरो राख्न नसक्ने बाँधिएको थियो । यो फिल्ममा बोल्ने र स्वतन्त्र क्यारेक्टरमा छ ।

  • अहिलेसम्म फिल्ममा एकल हिरोको रूपमा देखिँदै आउनुभयो । धेरै हिरो भएको फिल्ममा अभिनयमार्फत दिन खोजेको सन्देश के हो ?

–मिडियामा, पब्लिकमा जहिले पनि हामी युवापुस्ताका हिरोहरूको एकअर्काेसँग प्रतिस्पर्धा छ । मिल्दैनौँ भन्ने छ । त्यसमा अहमता, अहङ्कार र एटिच्युटको प्रबोलम देखाइन्छ । हामीले होइन भन्नु बाहेकको प्रमाणित दिन सकिरहेको थिएनौ । त्यसैले कामले नै प्रमाणित गर्‍यौ भनेर यो फिल्म अभिनय गरेको हो । यो मौका ‘पूजार सार्की’ले दियो । यसको व्यावसायिक सफलताले आगामी दिन हौसला दिन्छ वा यो नगर्नुपर्ने रहेछ भनेर सन्देश दिन्छ । फिल्म रिलिज आएपछि प्रमाणित हुन्छ ।

फिल्म कन्टेन्टले नै चल्ने हो । फिल्म भनेको यस्तो प्रोडक्ट हो । त्यसको सेल्फलाइफ थोरै हुन्छ । शुक्रबार रिलिज भएपछि त्यो दिन नै बिक्न सक्नुपर्छ नत्र शनिबार उत्रिन्छ ।
  • ४ वर्षपछि नयाँ फिल्म आउँदै गर्दा मनमा कतिको उत्साह छ ?

– केही ग्यापपछि फिल्म आउँदा सशक्त आउनुपर्छ भन्ने म म सचेत थिएँ र फिल्मका लागि उत्साहित पनि छु । यस अगाडिको फिल्म ‘प्रकाश’ले पनि राम्रो छापा छोडेकोले त्योभन्दा राम्रो प्रभाव ‘पूजार सार्की’ले पार्छ । मलाई ‘प्रेम गीत’ले चिनायो, ‘प्रकाश’ ले निखार्‍यो । 

फिल्म स्टारले होइन, कन्टेन्टले चल्ने बहस सुरु भएको छ । तपाईं के लाग्छ ?

– फिल्म कन्टेन्टले नै चल्ने हो । फिल्म भनेको यस्तो प्रोडक्ट हो । त्यसको सेल्फलाइफ थोरै हुन्छ । शुक्रबार रिलिज भएपछि त्यो दिन नै बिक्न सक्नुपर्छ नत्र शनिबार उत्रिन्छ । त्यस्तो चिजमा पब्लिकको आँखा पार्न, शृङ्गारको रूपमा स्टार राख्ने हो । फिल्ममा कन्टेन्ट छैन भने स्टारले भरिएर मात्र चल्दैन ।

  • तपाईंलाई अनमोलको प्रतिस्पर्धीको रूपमा हेरिन्छ । दुवैको फिल्म एकसाथ जुध्दैछ ? 

–हाम्रो फिल्म जुधेको भन्दापनि हामीहरू जोडिएको फिल्म संयोगले एकसाथ आउन लागेको हो । हामी त एक कलाकार न हो । फिल्ममा त निर्देशकको भिजन, लेखकको सोच लगायत धेरै पक्ष हुन्छ । यो पब्लिकको पनि हो । फिल्म उहाँहरूका लागि बनेको हो ।

त्यसो भएर हाम्रो फिल्म जुधेकोभन्दा पनि दुईवटा विचार एकसाथ आएको भन्नुपर्छ । दुई विचारमा एउटा सही र अर्को गलत हुनपर्छ भन्ने होइन । यो दुईवटै बिचार सहि पनि हुनसक्छ । ‘फर्की फर्की’ले दिने बिचार र मेरो ‘पूजार सार्की’ले दिने बिचार फरक हुनसक्छ ।

कुन बिचार अडियन्सलाई राम्रो लाग्छ । त्यो उहाँहरूको कुरो हो । यसरी एकसाथ फिल्म आउनु भनेको दर्शकका लागि छानेर हेर्ने अवसर हो । उहाँले छानेर हेर्न पाउनुभयो । दुईवटै हेर्न पनि सक्नुहुन्छ ।

  • थियटरका कलाकार धेरै फिल्ममा र फिल्मका कलाकार थियटर देखिने क्रम बढ्दो छ । तपाईंलाई पनि थियटरमा  देख्न सकिन्छ कि ?

–थियटर, ड्रामा एकदमै गाह्रो काम हो । थियटर कलाकारलाई म एकदमै इज्जत गर्छु । थियटरमा जानेभन्दा पनि कुनै समय कसैले ट्रस्ट गरेर सिकाउनु भयो भने सिक्न चाहन्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप