आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
खेलकुद

३१ वर्षको त्यो चोट र उपहास, ४७ खेलको यो कीर्तिमानी यात्रा

आइतबार, २३ वैशाख २०८१, १५ : २१
आइतबार, २३ वैशाख २०८१
  • बेन मोर्स

‘जुरासिक पार्क’ चलचित्र भर्खरै रिलिज भएको छ । शिकागो बुल्सले लगातार तेस्रो एनबीए उपाधि जितेको छ। ‘लेट नाइट विथ डेभिड लेटरम्यान’ को अन्तिम एपिसोड प्रसारण भएको छ।

अब फास्ट फरवर्ड आज - जुन १९९३ देखि थप पाँचवटा ‘जुरासिक पार्क’ फिल्महरू रिलिज भएका छन् । द बुल्सले थप उपाधिहरू जितेका छन्। ‘लेट नाइट’ शो फ्रान्चाइजीले धेरै होस्टहरू देखिसकेको छ।

यद्यपि, तपाईं जर्मन फुटबल क्लब बायर लेभरकुजनको प्रशंसक हुनुहुन्छ भने ती ३१ वर्षहरूमा तपाईंका लागि थोरै मात्र परिवर्तन भयो । त्यहाँ आशाभन्दा धेरै निराशा थियो।

01-gettyimages-2147807994-restricted

सन् १९९३ मा जर्मन कप जितेदेखि लेभरकुजनले ट्रफीहरू जित्ने मौकाहरू पीडादायी तरिकाले गुमाउने क्रम निरन्तर रह्यो, स्पेनका बास्क कन्ट्रीका एक ४२ वर्षीय पुरुषले टोलीले भाग्य परिवर्तन नगरेसम्म ।

जाबी अलोन्सोको ‘मिडास टच’ ले लेभरकुजनमा आधुनिक समयको फुटबलको चमत्कार ल्याएको छ । यसले ‘मुटु टुटेको’ टोलीको लागि सकारात्मकता र आशाको लहर जगाएको छ  ।

अलोन्सो भलै भर्खरै मात्र आफ्नो व्यवस्थापकीय यात्रामा निस्किएको हुन सक्छन्, तर ४७ खेलको अपराजित शृङ्खला फुटबल इतिहासका उत्कृष्ट टोलीहरूका लागि पनि कठिन छ । लेभरकुजनको इतिहासको लागि त यो झनै धेरै उल्लेखनीय छ।

हालको सिजनमा टोलीले बुन्डेस लिगा पुरस्कारका रूपमा प्राप्त गरिसकेको छ, सम्भावित घरेलु र युरोपेली कपको सफलताले सुनमा सुगन्ध थप्नेछ ।

तर त्यो भन्दा पनि, यसले विगतका वर्षहरूका ‘भूत’लाई हटाउनेछ।

02-gettyimages-2148615740

नयाँ कथा

‘नेभरकुजन’ । ‘विजेकुजन’ (सेकेन्ड-कुजन) । ‘द इटरनल ब्राइडस्मेड्स’ । ‘द नियर्ली मेन’ ।

अन्तिम बाधामा सधैँ अड्किने अनौठो क्षमताको लागि लेभरकुजनले यी सबै उपनामहरू प्राप्त गरेको थियो।

युरोपियन कप इतिहासमा सम्भवतः सबैभन्दा चर्चित गोलको कारण टोली सन् २००२ को च्याम्पियन्स लिग फाइनलमा टोली रियल मड्रिडसँग पीडादायी परिस्थितिमा पराजित भयो । लेभरकुजन धेरै पटक लिगमा दोस्रो स्थानमा सीमित बनेको थियो । 

पीडादायी पराजयहरूको सूचीपछि क्लबका शीर्ष व्यक्तित्वहरू नयाँ अवसरहरू खोज्दै बाहिरिएको पनि क्लबले देखेको छ । यसबिच लामो समयदेखि पीडा भोगेका लेभरकुजनको समर्थकहरू प्रतिद्वन्द्वी टोलीका समर्थकहरूको उपहासको पात्र बन्न बाध्य थिए । 

‘जब तपाईं स्टेडियममा जानुहुन्थ्यो, अन्य सबै टोलीका फ्यानहरूले ‘तिमीहरू बुन्डेसलिगा कहिल्यै जित्न सक्दैनौँ’ भन्थे, यसले थप पीडा दिन्थ्यो,’ आफ्नो टोलीको वेस्ट ह्याम युनाइटेडविरुद्ध युरोपा लिगको क्वार्टरफाइनलको दोस्रो लेग टाई खेलेको हेर्न लन्डनको यात्रा गरेपछि लेभरकुजनका फ्यान र क्लबको बेएरेनामा स्वयंसेवक ओलाफ स्मिटले सीएनएन स्पोर्टलाई भने ।

तर अहिले अलोन्सोले लेभरकुजनको गौरवलाई पुनर्स्थापित गरिदिएका छन्। पूर्वलिभरपुल, बायर्न म्युनिख, रियल मड्रिड र स्पेनका अन्तर्राष्ट्रिय मिडफिल्डरले आफ्ना खेलाडीहरूमा कहिल्यै हार नमान्ने मनोवृत्ति जगाएका छन् । 

03-gettyimages-2148616809

सबै तथ्याङ्क आफूविरुद्धमा रहे पनि टोली अन्तिम समयमा गोल फर्काउन सक्ने क्षमताका लागि चिनिन थालेको छ । अलोन्सोले कमजोरीको पर्याय बनेको टोलीमा बहादुरी भित्र्याएका छन् ।

यता खेलाडीहरू अलोन्सोको पोजेसनमा आधारित खेल शैलीलाई कार्यान्वयन गर्न साहसी हुनुपर्छ । भित्र्याएका नयाँ खेलाडी र स्वभावको माध्यमबाट लेभरकुजनका प्रशिक्षकले आफ्नो वरपरका मानिसहरूबाट प्रणालीमाथि विश्वास गर्न र बहादुरी प्रदर्शन गर्न आग्रह गरेका छन्।

चाहे त्यो बलमा ‘फ्लोरियन विर्ट्ज’को जादूगरी र सटिक पास होस् वा डिफेन्डर र गोलकिपरको अनुशासन र आफ्नै पेनाल्टी क्षेत्रमा बलको नियन्त्रण खोस्ने क्षमता होस्, यो लेभरकुजन टोली ओलन्सोको नेतृत्वमा ‘विजयी मेसिन’ बनेको छ।

240419092838-bayer-fans

सिजनको सुरुवातमा फ्यानहरूले कल्पना पनि गरेका थिएनन् होला, उनीहरूको टोलीले विगत ११ सिजनको बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखलाई विस्थापित गर्नेछ । त्यो पनि यस्तो सशक्त रूपमा ।

लेभरकुजनले आफ्नो ११९ वर्षको इतिहासमा पाँच खेल बाँकी रहँदा पहिलो लिग उपाधि जित्यो, घरेलु फ्यानहरूका अगाडि वेर्डर ब्रेमेनलाई ५-० ले हराउँदै ।

जितको खुसीमा त्यहाँ आँसुका धाराहरू थिए, फ्यानहरू जीवनमा एक पटकको उपलब्धि मनाउन मैदानमै झरेका थिए । अलोन्सोलाई त बियरमै नुहाइएको थियो ।

2024-04-14t184327z-1931618549-up1ek4e1g0dn9-rtrmadp-3-soccer-germany-b04-svw-report-2

‘यो अविश्वसनीय थियो। म यो क्लबको समर्थक भएको लगभग २०-२५ वर्ष मात्र भएको छ, तर म धेरै मानिसहरूलाई चिन्छु जो क्लब बुन्डेसलिगामा आउँदादेखि नै प्रशंसक थिए, जुन ४५ वर्ष पहिले थियो,’ स्मिटले सीएनएनलाई भने, ‘हामीले बुन्डेसलिगा कहिल्यै जित्न सकेका थिएनौँ । यो जित धेरै प्रभावशाली थियो। आज साँझ सबैजना मैदानमा थिए, सबै रोइरहेका थिए।’

वर्षौँसम्म मजाकको पात्र बनेका लेभरकुजनका प्रशंसकहरूले अन्ततः अब अरूलाई जवाफ फर्काउन सक्ने भएका छन् । ‘हामी सबै समर्थकहरूले गायौँ ‘हामी बुन्डेसलिगा कहिल्यै जित्ने छैनौँ’ यो अरूका लागि माझी औँलाको सलाम थियो,’ स्मिटले थपे।

जर्मन क्लबले आफ्नो क्लब स्वामित्वको संरचनालाई ५०+१ नियम लागू गरेको छ । यसअनुसार समर्थकहरूले सधैँ एक मतले भए पनि टोलीको बहुमत स्वामित्व कायम राख्छन् । यसले फ्यानहरूलाई संगठनमा आफ्नो भनाइ कायम राख्न सुनिश्चित गर्दछ । औषधि कम्पनी बायरको समर्थनका कारण ऐतिहासिक रूपमा यो क्लब उसको समकालीनहरूको प्रिय छैन ।

तर अलोन्सोको नेतृत्वमा लिभरकुजनको यो सिजनले त्यसलाई पछाडि पारेको छ । अझ बायर्न म्युनिखलाई समेत खाली हात राखेका कारण क्लबले धेरै जर्मन फुटबल प्रशंसकहरूको कल्पनालाई कब्जा गरेको छ । 

सिजन अझै सकिएको छैन । युरोपा लिगको फाइनलमा पुग्नका साथै टोलीसँग २०२३-२४ को अभियान प्रसिद्ध ट्रेबलका साथ समाप्त गर्ने अवसर बाँकी नै छ । मेमा जर्मन कपको फाइनलमा लेभरकुजनले दोस्रो-डिभिजनको एफसी काइसर्सलाउटर्नको सामना गर्नेछ ।

तर अहिलेसम्मको सबै पीडा र त्यसको साथ आएको उपहास चाहिँ ? ‘त्यो अब इतिहास हो,’ सन् १९९२ देखि लेभरकुजनको प्रशंसक उवे स्केविओलाले सीएनएनलाई भने।

सीएनएनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप