आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘मनसरा’को नयाँ गीत ‘एक तार मनको’

सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । फिल्म ‘मनसरा’को नयाँ गीत ‘एक तार मनको’ सार्वजनिक भएको छ । गीतमा हर्क साउदको शब्दमा सुशान्त गौतमको स्वर रहेको छ ।

गीतमा प्रवीण खतिवडा र ‘तान्छो’को भूमिका निर्वाह गरेका बाल कलाकार नेनाहाङ राईको अभिनय छ । गीतमा यी दुई पात्रबिचको निकटता देखाइएको छ ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले रिलिजपछि यो गीत सार्वजनिक गरेको हो । उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’मा प्रवीण खतिवडा, मिरुना मगर, दायहाङ राई र मेनुका प्रधानको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया